३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती गोल्डकपः सङ्कटालाई हराउँदै एपिएफ सेमिफाइनलमा



अ+ अ-

बागमती। विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ८३औँ मिनेटमा एपिएफका सुजनकुमार पुलामीले एक गोल गरेका थिए । सो गोल नै खेलको निर्णायक बन्न पुग्यो । आजको खेलमा म्यान अफ द म्याच घोषित एपिएफ क्लबका मणिकुमार लामाले नगद रु १० हजार प्राप्त गरे । एपिएफ क्लब अघिल्लो छैटौँ संस्करणको बागमती गोल्डकपको उपविजेता टिम हो ।

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए । यही फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको अध्यक्ष थिङले बताए।

प्रतियोगिताका विजेता टिमले पुरस्कार स्वरुप नगद रु १० लाख प्राप्त गर्ने छ भने उपविजेताले नगद रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस