९ श्रावण २०८३, शनिबार
,
Latest
हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथलेटिक्स टोली पाकिस्तान जाने



अ+ अ-

काठमाडौँ। दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।

फागुन ११ गते हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी ५ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सिनियरमा सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ सहभागी हुने छन् । जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिने छन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउने छ ।

प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले प्रतियोगिता भनेको खेलाडीले प्रशिक्षणमा गरेको तयारीलाई प्रमाणित गर्ने अवसर भएको बताए ।