८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

काँग्रेसको टिप्पणी- सरकारको निषेधाज्ञाको निर्णय अत्यन्तै अवैज्ञानिक

काँग्रेसको टिप्पणी- सरकारको निषेधाज्ञाको निर्णय अत्यन्तै अवैज्ञानिक
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सरकारले निषेधाज्ञा लगाउने र खोल्नेजस्ता निर्णय हचुवाको भरमा गरेको आरोप लगाएको छ । 'सरकारले हचुवाका भरमा गरेको यही निर्णयका कारण न जनताले कुनै राहात पाएका छन् र नत संक्रमितको संख्या नै उल्लेख्य रुपमा घट्न सकेको छ' प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ।

कुनै ठोस अध्ययनविना लकडाउन, निषेधाज्ञा गर्ने वा खोल्ने निर्णय भइरहेको कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले बताएको हो। समितिका संयोजक, कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार कोरोना रोकथाम तथा नियन्त्रणको आवश्यक तयारीप्रति अझै गम्भीर नरहेको बताएका हुन्।

बिहीबार प्रेस विज्ञप्तिमार्फत डा.महतले ‘सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै पनि गम्भीर बन्न नसकेको बताएका हुन् । उपत्यकामा फेरि निषेधाज्ञा थपिएको तर यसको कुनै वैज्ञानिक आधार र अनुसन्धान सरकारले नगरेको उनको भनाई छ । 

यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको उल्लेख गरेका छन्। साथै सो समितिले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालिन र दीर्घकालिन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग पुनः माग गरेको छ । 

कांग्रेसको कोभिड–१९ अनुगमन समितिका तर्फबाट प्रकाशित सो विज्ञप्तिमा कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक सङ्कट कम गर्न सो कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो ।डा.महतले सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको उल्लेख गर्दै यस्तो संवेदनहिनता र निष्क्रियताको निन्दा गरे । 

अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको बन्दाबन्दी र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो भएको र निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिनुका साथै सङ्क्रमण बढ्नेक्रम पनि कम नभएको विज्ञप्तिमा उल्लेख छ ।