८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मनमोहन शिक्षण अस्पतालमा उपचाररत बिरामीमाथी अज्ञात समुहद्वारा कुटपिट, चिकित्सक र नर्सिङमाथि पनि हातपात

मनमोहन शिक्षण अस्पतालमा उपचाररत बिरामीमाथी अज्ञात समुहद्वारा कुटपिट, चिकित्सक र नर्सिङमाथि पनि हातपात
अ अ+ अ-

काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि अज्ञात समुहले आक्रमण गरी अस्पतालमा तोडफोड गरेको छ ।

अस्पतालका अनुसार बिहीबार राती ९:०२ बजेको समयमा करिब २० – ३० जनाको अज्ञात समूह गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि उपचारका लागि भर्ना भएका अर्का घाइतेलाई थप कुटपिट गरेको थियो । सो समुहले आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षा गाडहरुलाई समेत हातपात गरि ईसिजि मेशिन, ड्रेसिड ड्रम, वस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको र भिडन्तका क्रममा आकस्मिक कक्ष रक्ताम्य भएकाले हाललाई आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले घटनाको भत्र्सना गर्दै सम्वन्धित निकायसँग दोषीमाथि कडा कारबाहीको माग गरेको छ । आकस्मिक कक्ष र अस्पतालभित्र रहेका अन्य विरामीहरुलाई आवश्यक उपचारको व्यवस्था गर्ने अस्पतालले जानकारी दिएको छ ।