८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पुल्चोकमा खटिएका ५६ प्रहरीमा कोरोना संक्रमण पुष्टि

पुल्चोकमा खटिएका ५६ प्रहरीमा कोरोना संक्रमण पुष्टि
अ अ+ अ-

काठमाडौं । राताे मच्छिन्द्रनाथकाे रथ तान्ने विषयमा भएकाे झडप नियन्त्रणमा खटिएका ५६ प्रहरीमा काेराेनाभाइरस देखिएकाे छ । स्थानीय युवाकाे अग्रसरतामा बिहीबार भएकाे आन्दोलन नियन्त्रणमा खट्ने एक प्रहरी निरीक्षक सहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए ।

उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम भए पनि ती प्रहरीलाई भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

प्रहरीमा काेराेना संक्रमण देखिएपछि भिडमा उपस्थित स्थानीयवासी पनि सशंकित बनेका छन् । पाटन मंगलबजारका रामकाजी महर्जनले काेराेना संक्रमित प्रहरी खटाएर राज्यले ठीक नगरेकाे बताए । उनले प्रहरीकै कारण पहिल्यै जाेखिममा रहेका स्थानीयवासी थप जाेखिममा पुगेकाे गुनासाे गरे ।

उनले तत्काल सरकारले पाटन नगर क्षेत्रभित्र सघन परीक्षण गर्न पनि माग गरे ।