८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कसरी रोक्न सकिन्छ मानब बेचबिखन ?

कसरी रोक्न सकिन्छ मानब बेचबिखन ?
अ अ+ अ-

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसार पसार मुक्त समाज निर्माणमा योगदान पु¥याउन सबैलाई आह्वान गर्नु भएको छ । मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधको घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबै राजनीतिकदलहरु लाई पनि आग्रह गर्नु भयो ।

‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औं राष्ट्रिय दिवस’को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले राजनीतिकदल, सबै तहका जनप्रतिनिधिहरुले मानव बेचबिखन हुन नदिन आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने पनि स्पष्ट पार्नु भयो । मन्त्री गुरुङले मानव बेचबिखन लगायतका जघन्य अपराधको घटना हुन नदिने अभियानमा संलग्न सामाजिक अभियन्ता हरुलाई ‘राष्ट्रिय परिचयपत्र’बनाएर सम्मानगर्ने योजना पनि अघि सार्नु भयो ।

त्यसका लागि आवश्यक नीतिगत निर्णय तत्काल गर्ने उहाँको योजना छ । ‘समाज रुपान्तरणको अभियानमा लाग्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उल्लेख्य योगदान पु¥याउने हरुलाई राज्यले सम्मान गर्नेछ,’मन्त्री गुरुङले भन्नुभयो,‘त्यसका लागि आवश्यक नीतिगत निर्णय तत्कालगरिनेछ ।’ मन्त्री गुरुङले सभ्य, सुसस्कृत समाज निर्माणका लागि पनि मानव बेचबिखन तथा ओसारपसार जस्ता घटना हुन नदिन सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर कामगर्ने प्रतिवद्धता पनि व्यक्तगर्नु भयो । उहाँले उत्पादन र उद्यमशीलताको माध्यामबाट आर्थिक रुपमा सबल बनाई मानव बेचबिखन अन्त्यगर्ने गरी सरकारले सबै स्थानीय तहमा आवश्यक कार्यक्रम अघि बढाउने पनि बताउनु भयो । 
कार्यक्रममाबोल्दै प्रमुखप्रतिपक्षदल नेपालीकाँग्रेसकी नेतृ पुष्पा भुसालले गरिवी र अशिक्षाका कारण मानव बेचबिखन चुनौतिको रुपमा देखिएको उल्लेख गर्दै ती समस्या समाधानकालागि आवश्यक सबै खालको व्यवस्था गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले मानव बेचबिखन जस्ता अपराधिक घटना हुन नदिन ठोस योजनाका साथअघि बढन सरकारलाई सुझाव दिनु भयो ।