२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्दार मःम ग्यास विस्फोटः थप एक जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको बेथानचोक घर भई कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेका छन् । लामाको गएराति करिब पौने १२ बजेको समयमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यससँगै घटनामा परेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । यसअघि यस घटनामा २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो ।