२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीका १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना



अ+ अ-

एजेन्सी । भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना भएका छन् । 

अरु ८५ प्रतिशत शैया खाली नै रहेकाले शैयाको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन् ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको शुक्रबार जानकारी दिनुभयो ।

उहाँले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गर्नुभयो । सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उहाँले बताउनुभयो । 

त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए । दिल्लीका १३ हजारभन्दा बढी शैया खाली रहेको मन्त्री जैनले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ । खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उहाँले बताउनुभयो ।