२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशलाई विश्वसामु चिनाउन खेलाडीको भूमिका महत्त्वपूर्ण’



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले देशलाई विश्वसामु चिनाउन खेलाडीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

जिल्ला खेलकुद विकास समितिद्वारा आज सिम्ता गाउँपालिका सुर्खेतमा आयोजित १६औँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूको मेहनतले देशलाई नै विश्वसामु चिनाएको बताए।

विद्यालयले खेलकुदका माध्यम विद्यार्थीहरूलाई असल नागरिक बनाउन खेल क्षेत्रको ठूलो योगदान रहेको उनले जनाए। खेलकुदसहित समग्र क्षेत्रको विकासका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाइ थियो।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि अनवरत पहल भइरहेको बताए। खेलाडीको जीवन रक्षाका निम्ति प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट लागू हुनेगरी कर्णालीका सबै खेलाडीहरूको बिमा गरिदिने प्रतिबद्धता उनले जनाए।

त्यसैगरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट हुने जानकारी गराउँदै पूर्वप्रस्तावित मितिमै उक्त प्रतियोगिता सञ्चालन हुने विश्वास दिलाए।

उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य खड्गबहादुर पोखरेल, सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्षरउपाध्यक्षहरूको सहभागिता रहेको थियो।