३० जेष्ठ २०८३, शनिबार
,
Latest
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा



अ+ अ-

काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने आईक्यू एअरको अनुसार काठमाडौँको वायु प्रदूषण १९६ एक्यूआई छ ।

पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित शहरको पहिलो स्थानमा छ । यस्तै मङ्गोलियाको उलानवातार १९६ एक्यूआईसहित तेस्रो स्थानमा रहँदा चिनको वुहान चार र पाकिस्तानको लाहोर पाँचौ स्थानमा छ ।

त्यस्तै, नेपालको अर्को पर्टकीय शहर पोखरा पनि रेड जोनमा परेको छ । पोखराको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको वातावरण विभागले जनाएको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।