८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कोरोनालाई कसैले पनि झुक्किएर नजरअन्दाज नगरौं-डा.ज्ञानेन्द्रमान शिह कार्की

कोरोनालाई कसैले पनि झुक्किएर नजरअन्दाज नगरौं-डा.ज्ञानेन्द्रमान शिह कार्की
अ अ+ अ-

सामाजिक सञ्जालमार्फत होस् वा सञ्चारमाध्यमहरुले कोरोना भाइरसबारे सचेतना फैलाइरहेका छन्। तर, अहिले पनि कोरोनालाई नजर अन्दाज गर्ने देखिइरहेका छन्।  कतिपय चिकित्सकहरुले पनि नजर अन्दाज गरेको पाइएको छ। यो साधारण भाइरस हो। पीपीई नलगाएरै उपचार गर्न सकिन्छ भन्ने गरेको सुनेको छु। कसैले घरमै बसेर बेसारपानी, कागती पानी खाएर उपचार गर्दा ठीक हुन्छ भनेको पनि सुनेको छु। यस्ता कुराले सरकार र हाम्रो प्रयासलाई धमिलाउन खोजेको जस्तो भान पर्न गएको छ।

मेरो आग्रह छ– कोरोनालाई कसैले पनि झुक्किएर पनि नजरअन्दाज नगरौं। कोरोनासँग डराइहाल्नु पर्ने, आत्तिहाल्नु पर्ने स्थिति हुँदैन। तर, कोरोना केही पनि होइन भनेर भुल गर्नु भएन। जनमानसमा के धारणा छ भने जवान मानिसलाई यसले असर गर्दैन। वृद्ध, बालक र रोगीलाई मात्रै असर गर्छ भन्ने मानसिकता छ। तर, कोरोनाले कसैलाई पनि छोड्दैन। के वृद्ध, के जवान। संक्रमण भइसकेपछि यसले कुन रुप लिन्छ भनेर सोच्न पनि सकिँदैन।  

म नेपालको सिनियर चिकित्सक हुँ। कोभिड बारेमा मानिसलाई सिकाउँदै हिँडिरहेको थिएँ। तर, एक महिनाअघि मलाई नै संक्रमण भयो। मैले राम्रो उपचार नपाएको भए समयमै काठमाडौं नआएको भए मेरो मृत्यु भएको आज करिब १८ दिन भइसक्थ्यो। म मृत्युको मुखबाट बाँचेर आएको हुँ। मेरो स्थिति एकदमै नाजुक थियो। उपचार गर्ने डाक्टरहरुले नै माया मारिसकेका थिए।  त्यसैले कुनै पनि हिसाबमा कोरोनालाई नजरअन्दाज नगरौं। सामाजिक दूरी गरौं, मास्क लगाऔं र हात धोऔं। मैले बारम्बार भनिरहेको छु– रोग लाग्नुभन्दा नलाग्नु नै सबैभन्दा उत्तम हो। अझै पनि हामीले कोभिडलाई राम्ररी बुझ्न सकेका छैनौँं। कोभिड लागेकालाई भोलिका दिनमा के असर हुन्छ भनेर पनि बुझेका छैनौँ।  हामीले कुनै पनि जवान हो, स्वस्थ मानिसलाई यसले केही गर्दै भनेर भ्रम नपालौं। म विराट मेडिकल कलेजको सञ्चालक समेत हुँ।

अहिले हामीले कोभिड अस्पताल तयार गरेका छौँ। त्योभन्दा पहिले एक–दुई जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। बिरामीसँग सिधा सम्पर्क हुने भएकाले स्वास्थ्यकर्मीलाई संक्रमणको खतरा उच्च हुन्छ। स्वास्थ्यकर्मी स्वस्थ रह्यो भने मात्रै समाज स्वस्थ हुन्छ। हामीले एक डाक्टर गुमाऔं भने अर्को डाक्टर जन्माउन ३५ वर्ष लाग्न सक्छ।  म आईसीयूमा हुँदादेखि नै यी कुरा भनिरहेको छु। समाजमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई कोभिड लागेपछि हेर्ने दृष्टिकोण एकदमै गलत छ। कोभिड संक्रमण कुनै पनि बेला जो कसैलाई हुन सक्छ। त्यसैले कसैको मनोवल गिराउने, हेप्ने र दुःख दिने काम गर्नु हुँदैन। निको भइसकेका संक्रमित ११० प्रतिशत समाजका लागि खतरामुक्त हुन्छन्।

तर, संक्रमण नभएकाहरु सधैँ खतरामा रहन्छन्। त्यसैले बुझेर बुझ नपचाऔँ। शहरमै यस्तो विभेद छ भने गाउँमा दूरदराजमा के होला? हामीले यही कालखण्डमा केही राम्रा, ज्ञानी र असल मानिसलाई गुमायौं। धेरै व्यक्ति आत्महत्या गर्न बाध्य बनेका छन्। त्यसैले कसैलाई दुर्व्यवहार गर्ने काम नगरौँ। हामी जुनसुकै परिस्थितिमा पनि मानव भएर बाँच्नै पर्छ। भोलिका दिनमा आत्मग्लानी हुने काम नगरौँ।  अब हामी कोरोनासँग बाच्न सिक्नुपर्छ। भाइरस कहिल्यै पनि पूर्ण रुपमा ठीक हुँदैन। त्यसैले यो सँगै बाँच्ने सुरक्षाका उपाय अपनाउनु पर्छ। सबै मेडिकल कलेजले अहिले कोभिड अस्पताल सञ्चालन गरेका छन्। सरकारले हाम्रो सहयोगको अपेक्षा गरेमा हामी सहयोग गर्न तयार छौँ।