११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन

कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले मन्त्रालयको पुँजीगत खर्च बढाउनेतर्फ जोड दिनुपर्ने बताउनुभयो । पुँजीगत खर्च कम हुनुका कारण कानुनी र नीतिगत बाधा पनि एक भएको उहाँको भनाइ छ ।

मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धी हासिल गरेको र केहीमा धेरै मिहेनत गर्नुपर्ने मन्त्री गुरूङको जोड थियो । उहाँले सम्बन्धीत निकाय र विभागले पनि आफ्नै बलबुतामा कार्य सम्पादन बढाउन सक्ने धारणा राख्नुभयो ।

मन्त्री गुरूङले समस्या भए पहिचान गरी समाधान गर्ने चासो देखाउनुपर्नेमा जोड दिनुभयो । “तीन दिनभन्दा बढी टेबलमा फाइल नराख्नु, समस्या नै भएमा बढीमा ७ दिन राख्नु, त्योभन्दा बढी भए कारण खुलाउनुस्,” मन्त्री गुरूङले भन्नुभयो । उहाँले प्रशासनिक कार्यशैली कमजोर देखिएको उल्लेख गर्दै केही नीतिगत अस्पष्टताले काममा बाधा पुगेको बताउनुभयो ।

मन्त्री गुरूङले यसै वर्ष काठमाडौँमा आइटी पार्क निर्माण गर्ने, गोरखापत्रको भवन निर्माण गर्ने, एआईमार्फत उद्यमशीलतामा जोड दिने, सार्वजनिक सेवा प्रसारण संस्था ९पिएसबी० लाई बजेट व्यवस्थापन गर्ने लगायतका योजना रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च गर्न नसक्नु मन्त्रालयको मात्रै नभइ सरकारकै मुख्य समस्या रहेको उल्लेख गर्नुभयो । “एकातिर बजेट छैन भन्नु र अर्कोतिर खर्च गर्नै नसक्नुले विकासमा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “खर्च गर्नतर्फ सबैले ध्यान दिन आवश्यक छ । अनि मात्रै विकास हुन्छ ।”

बैठकमा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालयको आर्थिक वर्ष २०८१र२०८२ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा मूल्याङ्कन गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले केही महत्त्वपूर्ण काम सम्पादन भएको र केहीमा अत्यन्त मिहनेत गर्नुपर्ने टिप्पणी गर्नुभयो । “स्रोत र साधनअनुसार उपलब्धी भए पनि यतिमै चित्त बुझाउने स्थिति छैन”, उहाँले भन्नुभयो, “हामीले थप समस्या पहिचान गरेर समाधानतर्फ सबै कर्मचारी जिम्मेवारीपूर्ण लाग्नुपर्नेछ ।”

‘राससलाई आत्मनिर्भर बनाउँदै छौँ’

राष्ट्रिय समाचार समिति (रासस)का प्रशासन प्रमुख शीतल महतोले राससको संरचनागत र जनशक्तीको क्षमता बृद्धिलगायत विकासका गतिविधि गर्दै आएको जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म मन्त्रालयले दिएका जिम्मेवारीहरू सतप्रतिशत पूरा भएका छन् ।

यही फागुन ७ गते राससले ६४ औँ वार्षिकोत्सव मनाउँदै गरेको जानकारी दिँदै उहाँले वार्षिकोत्सवका अवसरमा गणतन्त्र दिवसको सन्र्दभमा खिचिएका तस्वीरहरू पुस्तक सार्वजनिक गर्ने, राससबाट प्रकाशित ‘बुलेटीन’ म्युजियम सबैका लागि खुल्ला गर्नेलगायत रचनात्मक गतिविधि गर्न लागिएको महतोले जानकारी दिनुभयो । साथै उहाँले राससका भौतिग संरचनाको सदुपयोग गर्दै संस्थालाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनन लागिपरेको जानकारी दिनुभयो ।

बैठकमा सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको बजेट नहुँदा संरचनागत, जनशक्ती व्यवस्थापन र टेलिभिजन प्रसारण क्षमता वृद्धिमा चुनौती देखिएको बताउनुभयो । रेडियोका भौतिक संरचना जीर्ण हुँदै गएको र टेलिभिजिनको पहुँच विस्तारमा सेटअप बक्सको अभाव भएकाले सोचे अनुकुल प्रतिफल आउन नसकेको उहाँको धारणा थियो ।

त्यस्तै, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको भवनको समस्या बताउँदै गोरखापत्र डिजीटाइजेसन कार्य सम्पादन भइरहेको जानकारी दिनुभयो । गोरखापत्र जर्नल प्रकाशन गर्ने तयारी रहेको, समाचार निर्देशिका बनाउने, गोरखापत्रको भाषा संस्करण व्यवस्थित गर्नेलगायतका कार्य योजनाहरू मन्त्रालय समक्ष प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोग, हुलाक सेवा विभाग, सूचना तथा प्रसारण विभाग, मुद्रण विभाग, सुरक्षण मुद्रण केन्द्र, सूचना प्रविधि विभाग, एकीकृत डाटा व्यवस्थापन केन्द्र, प्रमाणीकरण नियन्त्रणको कार्यालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चलचित्र विकास बोर्ड, विज्ञापन बोर्ड, प्रेस काउन्सील नेपाल, न्यूनतम पारिश्रमीक निर्धारण समितिलगायत मन्त्रालय मातहतका विभागीय प्रतिनिधिहरूको उपस्थीति थियो । राा