काठमाडौं। काठमाडौंको चन्द्रागिरिस्थित भाडाको कोठामा बस्ने एक पुरूष निस्सासिएर मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर-१५ तिनथानास्थित दुई तले घरको कोठामा बस्ने नुवाकोटको बेलकोटगढी-२ घर भएका ४० वर्षीय सुवासचन्द्र पौडेल मृत भेटिएका छन्। पौडेल घरको भुइँ तलाको कोठामा मृत भेटिएका हुन्।
उनको कोठामा ओछ्यानमा रहेको डस्ना, सिरक र म्याट जलेको अवस्थामा भेटिएको छ।










