२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा गोल्डकपः आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइज त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै अन्तिम चारमा पुगेको हो । चर्च ब्वाइजको जितमा राज भुसालले गरेको गोल नै निर्णायक बन्यो ।

अब चर्च ब्वाइजले सेमिफाइनलमा नेपाल पुलिस क्बलसँग खेल्नेछ । यसअघि थ्री स्टार क्लब पनि सेमिफाइनलमा पुगिसकेको छ । २४औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।