११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

हामी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल

हामी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छः अध्यक्ष दाहाल
अ अ+ अ-

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभएको छ ।

महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित ‘आधारशीला’ स्थापनाको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उहाँले यसका लागि आफ्नो दलले समुदायमा आधारित गतिविधिलाई अघि बढाउने निर्णय गरेको बताउनुभयो ।

“भर्खरै पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न गरेका छौँ, अब हामी समुदाय आधारित काममा केन्द्रित हुनेछौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “यसका लागि आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्दैछौँ ।” उहाँले यस अभियानले यसअघि समुदायसँग अलगथलग बनेको सम्बन्धलाई सुधार्दै आगामी निर्वाचनमा आफ्नै बलबुतामा अगाडि बढ्ने गरी सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।

समुदायसँगको अन्तर्घुलनबिना राजनीति, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणका लक्ष्य पूरा नहुने भन्दै अध्यक्ष दाहालले पार्टीका सारा कामलाई जनकेन्द्रित बनाउन आधारभूत तहका पार्टी समितिले योजनाबद्ध काम अघि बढाउन पर्ने धारणा राख्नुभयो ।

उँहाले ‘आधारशीला’ कम्युनको अवधारणालाई व्यवहारिक रूप दिन थालिएको एक प्रयत्न भएको बताउँदै अब देशभरिमै यस्ता प्रयत्न अघि बढाइने बताउनुभयो । “यो काम हाम्रा साथीले नेतृत्व गर्नुभएका मुलुकका १२३ स्थानीय तहबाट सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाउने छौँ । अब हाम्रो दलले सामूहिक जीवनको अभ्यास सिकाउने ‘आधारशीला’ जस्ता कम्युन मुलुकभरि नै अभियानका रूपमा अगाडि बढाइने छन् । समाजवादको आधारशीला बनाउन हाम्रा काम उदाहरणीय बन्नेछन्”, अध्यक्ष दाहालको भनाइ थियो ।

वार्षिकोत्सवमा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस इञ्चार्ज मातृकाप्रसाद यादवले अब आफ्नो दल गुटपरस्त गतिविधिलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा ‘आधारशीला’ का परिकल्पनाकार तथा संस्थापक माओवादी केन्द्रका उपमहासचिब गिरिराजमणि पोखरेलले आधारशीला स्थापनाको औचित्यबारे प्रकाश पार्नुभयो ।

विसं २०५९ साल माघ २५ गते तत्कालीन नेकपा एकता केन्द्रमा आबद्ध गिरिराजमणि पोखरेलसहितका नेताले सहिद परिवार र पार्टीका पूर्र्णकालीन कार्यकर्ताको आश्रयस्थलका रूपमा स्थापना गर्नुभएको ‘आधारशीला’ मा अहिले १६ परिवार सामूहिक रूपमा बस्दै आएका छन् । ‘आधारशीला’ ले बर्सेनि माघ २५ गते स्थापना दिवस मनाउँदै आए पनि यसपालि प्रचण्डको अनुकूलता पार्न तीन दिनपछि कार्यक्रम आयोजना गर्नुपरेको समारोहमा जानकारी दिइएको थियो ।

माओवादी केन्द्रका नेताहरू उर्मिला अर्याल, विश्वनाथ साह र प्रह्लाद बुढाथोकीसहितको उपस्थिति रहेको समारोह अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो ।