७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

प्रदेश आमसञ्चार विधेयक सदनमा पेस

प्रदेश आमसञ्चार विधेयक सदनमा पेस
फाईल फोटो
अ+ अ-

मोरङ ।  कोशी प्रदेशसभाको आजको बैठकमा  ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ सदनमा पेस भएको छ ।

सो विधेयक प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो । उहाँले विधेयक प्रस्तुत गर्दै पत्रकारको क्षमता वृद्धि तथा श्रमजीवी पत्रकारको सेवासुविधा सम्बन्धमा विधेयकमा उल्लेख गरिएको बताउनुभयो ।

मन्त्री भण्डारीले विधेयकमा पत्रकार दुर्घटना बीमा, बिरामी बिमा उपचार खर्च तथा पत्रकार कल्याण कोष जस्ता  व्यवस्था विधेयकमा राखिएको जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशमा सञ्चालित टेलिभिजन, एफएम, पत्रपत्रिका, अनलाइनको दर्ता, अभिलेखीकरण र विज्ञापनको समान वितरण जस्तो व्यवस्था विधेयकमा रहेको बताउनुभयो ।

यसैगरी, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले  ‘प्रदेश भवन ऐन,२०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबल गर्नुभयो । उहाँले विधेयक प्रस्तुत गर्दै विधेयकमा भवन निर्माणको ‘डिजाइन’को योग्यता छुट्टयाएकाले भवन भत्किन गएमा सहज रुपमा क्षतिपूर्ति उपलब्ध हुने बताउनुभयो ।

‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि भएको छलफललाई निरन्तरता दिइएको छ । छलफलमा प्रदेशसभा सदस्यहरु इस्राइल मन्सुरी, प्रदीपकुमार सुनुवार, छविलाल चुडाल, राधाकृष्ण खनाल र नानीमैयाँ श्रेष्ठले हरेक नागरिकले स्वच्छ खानेपानी तथा विपन्नले निःशुल्क खानेपानी पाउनुपर्ने विषय उठाउनुभएको थियो ।

यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु गणेश उप्रेती, रमेशकुमार बस्नेत, गीतादेवी रेग्मी, मालतीकुमारी लिम्बू, गोम्बु शेर्पा, गोविन्द गिरी, शोभा चेम्जोङ र गोपाल तामाङले भारतीय पर्यटकलाई सहज आवागमनको व्यवस्था गर्नुपर्ने तथा मुलुकलाई कृषिमा आत्मनिर्भर गर्न तीनै तहका  सरकारले आवश्यक नीति ल्याउनुपर्ने सुझाव दिनुभयो ।  प्रदेशसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ । रासस