२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र



अ+ अ-

भोजपुर । यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ ।

यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । हालसम्म जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको तथ्याङ्क रहेको प्रमुख यादवले बताउनुभयो ।

“जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ”, प्रमुख यादवले भन्नुभयो, “यहाँको सात सय ९० हेक्टर क्षेत्रमा विस्तार भएको सुन्तलाले उत्पादन दिने गरेको छ । आगामी दिनमा यहाँबाट निर्यात हुने सुन्तलाको परिमाण अझ बढ्ने देखिन्छ ।” किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्न कार्यालयले आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रुपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरणलगायत काम गर्दै आएको प्रमुख यादवको भनाइ छ । सुन्तलाखेती यहाँका किसानको राम्रो आम्दानीको स्रोत रहेको उहाँको भनाइ छ ।

“पछिल्लो समय भोजपुरका किसान सुन्तलाखेतीतर्फ आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “सुन्तलाखेतीमा जुटेका किसानलाई आवश्यक तालिमसँगै प्रविधिक सहयोग पनि गर्दै आएका छौँ । बर्सेनी यहाँ खेती विस्तारको क्षेत्र बढी रहेको अवस्था छ ।”

जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । बढीमात्रामा सुन्तला उत्पादन हुने भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ ।

विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकको पहुँच विस्तारसँगै बाहिरको जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत सहरमा जाने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । भोजपुरमा गत वर्ष रु २९ करोड बराबरको सुन्तला निर्यात भएको कार्यालयको भनाइ छ । गत वर्षको तुलना यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । रासस