८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एसिड प्रहार गर्नेको सम्पत्ति रोक्का गर्नेगरी कानुनी प्रवन्ध हुन्छः प्रधानमन्त्री (भिडियाे सहित)

एसिड प्रहार गर्नेको सम्पत्ति रोक्का गर्नेगरी कानुनी प्रवन्ध हुन्छः प्रधानमन्त्री (भिडियाे सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा १५ दिनभित्र ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । 

एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरुसँग आफै निवास बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा ल्याउने प्रतिवद्धता जनाउनुभएको हो ।

एसिड आक्रमणजस्तो जघन्य अपराधमा संलग्नलाई कारवाही गर्न अहिलेसम्म कडा कानून नभएको उल्लेख गर्दै उहाँले १५ दिनभित्र कानूनको मस्यौदा तयार हुने बताउनुभयो । कोरोना महामारीका कारण संसदबाट कानून ल्याउन समय लाग्ने भएकाले अध्यादेश मार्फत कानूनको मस्यौदा तयार गरिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘‘एसिड आक्रमणबाट अपुरणिय क्षति हुन्छ । त्यसका लागि कडा सजायको व्यवस्थाका लागि संसदले कानून पारित गर्नुपर्छ । अहिलेको अवस्थामा सम्भवतः अध्यादेशको बाटोबाट जानुपर्छ होला । कानून निर्माणका लागि १५ दिनभित्र मस्यौदा तयार गर्ने तयारीमा सरकार जुटेको छ ।’’

प्रधानमन्त्री ओलीले एसिड आक्रमणमा संलग्न व्यक्तिको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था कानूनमा हुने बताउनुभयो । पीडितका लागि वास्तविक क्षतिपूर्ति भन्ने नभएपनि अपराधिबाट औषधिको व्यवस्था लामो समयसम्म गराउने, उपचारको प्रवन्ध मिलाउने गरी उसको सम्पत्ति रोक्का गरिन्छ । रोक्का गरिएको सम्पत्ति उपचारका लागि अपुग भएपनि तत्काल रोक्का गरी जफत गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आक्रमणमा परेको पीडितलाई तत्काल अस्पताल पु¥याउने प्रवन्ध गर्दा असहयोग गर्नेलाई पनि कारवाहीको भागिदार बनाउने गरी कानूनमा व्यवस्था गरिने बताउनुभयो । उहाँले स्वास्थ्योपचारका लागि त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले घटना घटेको अवस्था देखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाई खर्च तथा व्यवसाय तथा रोजगारीको सम्पूर्ण जिम्मा सरकारले लिने घोषणा समेत गर्नुभएको छ ।

उपचारका लागि ढुक्क हुन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘‘उपचारका लागि अब ढुक्क भए हुन्छ । सरकारले घटना घट्ने बेलादेखि अस्पतालको सम्पूर्ण खर्च व्यहोर्छ । औषधि कसरी किन्ने, अस्पतालको खर्च कसरी व्यहोर्ने भन्ने कुरामा अफ्ठ्यारो मान्नुपर्दैन । औषधि किन्ने विल बुझाइदिने वा आइडी कार्ड बनाउने औषधि लिने ठाउँमा आइडी कार्ड दिने आउने । सम्बन्धित औषधि विक्रेताले कार्ड पठाउँछ र विल भुक्तानी लिन्छन् ।’’

उहँले पढ्ने उमेर पुगेका वा पढ्न इच्छा गर्ने पीडितहरुको पढाइको व्यवस्था पनि सरकारले व्यहोर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पढ्ने उमेर पुगेका या अरु उमेरका पनि पढ्न इच्छा गर्नेहरुले पढाइका लागि चिन्ता लिनु पर्दैन । जुन विषय पढ्न चाहाने हो त्यसका लागि योग्यता आफुले बनाउनुप¥यो ।

नर्सिङ, इञ्जिनियरिङ, म्यानेजमेन्ट जे पनि पढ्न पाइन्छ । तर पढ्ने कुरामा अंक प्राप्त गर्ने विषयमा विश्व विद्याललयले, विद्यालयले सहुलियत प्रदान गर्दैन । त्यो आफुले मेहन गर्ने हो त्यसका लागि सहयोग साथ सरकारको रहन्छ । कसरी पढ्ने होला भन्ने मनमा चिन्ता छ भने आजका मितिदेखि हटाइदिए हुन्छ ।’’ प्रधानमन्त्री ओलीले पीडितले आफुले रोजेकै विद्यालयमा अध्ययन गर्न सम्भव नभएपनि सरकारले राम्रो विद्यालयमा अध्ययनको व्यवस्था मिलाउने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले पढ्न उमेर नभएका वा इच्छा नभएकाहरुका लागि रोजगारी, व्यवसाय र जीविकाको प्रवन्ध पनि सरकारले गर्ने बताउनुभएको छ । रोजगारी गर्नका लागि दक्षता नभएकाहरुलाई तालिम दिएर दक्ष बनाइने उल्लेख गर्दै उहाँले आफ्नो व्यवसाय सञ्चालन गर्न चाहानेहरुका लागि सरकारले व्यवसायिक तालिम र सहुलियत ऋणको प्रवन्ध मिलाउने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले अन्तरक्रिया कार्यक्रममा घोषणा गरेका बाहेकका केही कार्यक्रम आगामी सोमबारसम्म मन्त्रिपरिषद्बाट घोषणा हुने समेत बताउनुभएको छ । 

१२ जना एसिड पीडितहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफुले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा आए भदौ २५ लाई एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रुपमा मनाउने बताउनुभयो । सम्भव भए सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत उहाँले बताउनुभएको छ । 

बालुवाटारमा भएको भेटमा गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहम्फे, महान्यायाधिवक्ता अग्नि खरेल,  शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थिति रहेको थियो ।