६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीलाई उत्प्रेरणात्मक कार्यक्रम



अ+ अ-

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको आयोजनामा मिसन– २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।

कार्यक्रममा विभिन्न ९ खेलका १ सय ४ खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेतले जनाएका छन् । सहभागीलाई ३२ जना, ३८ जना र ३४ जना गरी तीन समूहमा विभाजन गरी कक्षा सञ्चालन गरिएको छ ।

सहभागीलाई हिमालराज दाहालले स्पोर्ट्स म्यान लाइफ, नवराज कँडेलले एप्रिसिएटिभ इन्जुरी, डा. भद्र हमालले स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सन र लक्ष्मण अधिकारीले फिजियोथेरापी सम्बन्धी ज्ञान दिने छन् । विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परीक्षण बिहीबार सम्पन्न भएको थियो ।