८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पछिल्लो एक दशकमा नेपाली अर्थतन्त्रमा ४० लाख रोजगारी थपियो –विश्व बैंक

पछिल्लो एक दशकमा नेपाली अर्थतन्त्रमा ४० लाख रोजगारी  थपियो –विश्व बैंक
अ अ+ अ-

काठमाडौं, २६ भदौ । पछिल्लो एक दशकमा नेपाली अर्थतन्त्रमा ४० लाख रोजगारी थपिएको विश्व बैंकले जनाएको छ । सन् २००८ देखि सन् २०१८ सम्मको विश्लेषणका आधारमा विश्व बैंकले यो निष्कर्ष निकालेको हो ।

औसतमा रोजगारीको गुणस्तर उल्लेख्य बढेको विश्व बैंकको नेपाल रोजगारी निदान प्रतिवेदन नेपाल जब्स डायग्नोस्टिक रिपार्ट मा उल्लेख छ । तर, रोजगारी सिर्जनाको निरन्तरता खासगरी दैनिक ज्यालादारीमा अर्धबेरोजगार कामदारहरुलाई अझै गुणस्तरीय, स्थायित्व सहितको र राम्रो तलब पाउने बनाउन आवश्यक रहेको विश्व बैंकले औंल्याएको छ । कोभिड–१९ का कारण उत्पदन्न आर्थिक गतिरोध र रोजगारी गुमिरहेको सम्बन्धमा भने प्रतिवेदनमा उल्लेख छैन । यद्यपि प्रतिवेदनले महामारी पछिको पुनस्र्थापनामा स्थायित्व सहितको सुरक्षित रोजगारीमा जोड दिएको छ ।

नेपाली अर्थतन्त्र निर्वाहमुखी कृषिबाट क्रमशः आधुनिक उद्याग र सेवातर्फ रुपान्तरण हुँदै गएको छ । र संरचनागत संक्रमणले श्रम शक्तिका लागि उत्तम कामका अवसरहरु सिर्जना गरिरहेको छ । तीव्र उन्नतिका बाबजुद पनि, कामको खोजीमा रहेका सबैले गुणस्तरीय रोजगारी प्राप्त गर्न सकेको देखिदैंन ।

खासगरी महिलाहरुले राम्रो रोजगारी पाउन सकेका छैनन् । पछिल्लो दशकमा सबैभन्दा धेरै पुरुषहरु निर्माण, उत्पादन, वाणिज्य, यातायातका क्षेत्रमा काम गर्नुका साथै बाह्य देशमा कामको खोजीमा विदेशिएका छन् । यद्यपि माथि उल्लेखित धेरैजसो कामहरु अस्थायी ज्यालादारीका काम हुन् । तैपनि यी कामहरु विगतका कम उत्पादकत्व भएका कृषि कार्यको तुलनामा निकै उत्पादनमुखी र जनजीविका उत्थान गर्ने प्रकृतिका छन् । सन् २००८ देखि २०१८ को बीचमा ज्यालादारीमा काम गर्नेको संख्या १७ प्रतिशतबाट २४ प्रतिशत पुगेको छ । यो अवधिमा वृद्धि भएका रोजगारीमध्ये आधा ज्यालादारीका काम हुन् ।
‘

यो प्रतिवेदनले नेपालको अर्थतन्त्र र नागरिकले अहिले भोगिरहेको कोभिड–१९ का कारण उत्पन्न धक्कालाई सम्बोधन गरेको छैन । यसले जोखिममा रहेका कामदारको जनजीविका सुरक्षित गर्नुपर्ने मुलुकको तत्कालको प्राथमिकतालाई जोड दिएको छ । निर्वाहमुखी कृषि तथा ग्रामीण र सहरी क्षेत्रमा अनौपचारिक क्षेत्रमा काम गरिरहेका, ज्यालादारी कामदार र स्वरोजगार भएका धेरै व्यक्तिहरुले आयआर्जनका अवसर गुमाएका छन्,’ विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘नेपाल सरकारले अहिले युवा रोजगार रुपान्तरण पहल परियोजना सुरु गरेको छ । यसले श्रम बजारका चुनौतीहरु सामना गर्न सहयोग गर्नेछ । यो हस्तक्षेपले नीतिगत हस्तक्षेप र रोजगारी सिर्जनामा सुधार मार्फत् संकटबाट नेपालको उत्थानशील पुनस्र्थापना गर्न सहयोग गर्नेछन् ।’

विश्व बैंकले विभिन्न तथ्यांक स्रोतको विश्लेषण्का आधारमा यो विवरण तयार पारेको हो । यसका लागि राष्ट्रिय श्रम शक्ति सर्वेक्षण, ९सन् १९९८०, राष्ट्रिय श्रम शक्ति सर्वेक्षण, ९सन् २००८०, आर्थिक सर्वेक्षण, ९सन् २०१८० सहित सन् २०१९ मा ६ जिल्लामा ९०० साना मझौला उद्यमको सर्वेक्षणका आधारमा यो प्रतिवेदन तयार गरेको हो । ९०० साना मझौला उद्यमको सर्वेक्षका आधारमा नेपालमा उन्नत श्रम बजार निर्माणकाका अवरोधहरु समेत प्रतिवेदनमा समावेश गरिएको छ ।

नेपालको नाटकीय भूबनोट जसले ज्यालामा आधारित काम र उत्पादनको बजारलाई महँगो बनाएको छ । धेरैजसो कामहरु सापेक्ष रुपमा कम उत्पादकत्वका क्षेत्रमा र धेरैजसो कम्पनीहरु लघु प्रकृतिका एक वा दुई रोजगारी सिर्जना गर्ने र साना स्थानीय बजार केन्द्रीत छन् । क्षेत्रीय र विश्वव्यापी मूल्य श्रृंख्लामा आवद्ध गर्नुपर्छ । यसका अतिरिक्त पुँजीको अवरोध र साना मझौला उद्यमले करको अनुपालना, उच्च कर, सीपको अभाव र कर्मचारीतन्त्रको अदक्षता अर्थतन्त्र विस्तार र रोजगारी सिर्जनाको अवरोधका रुपमा रहेका छन् ।

यसबाहेक लैंगिक सामाजिक मान्यताले श्रमशक्तिको गतिशीलताको अवसरलाई साँघुरो तुल्याइदिएको छ । यसका कारण धेरै महिलाहरु ज्याला नपाउने काममा सीमित छन् । सन् २००८ देखि २०१८ को बीचमा सिर्जना भएका नयाँ रोजगारी मध्ये एक तिहाइ महिला कृषि कार्य र ज्याला नपाउने काममा छन् । लैंगिक आधारमा हुने कामको विभाजन र सामाजिक मूल्यमान्यताका कारण महिला र पुरुषबीच आयमा ठूलो अन्तर रहेको प्रतिवेदनमा उल्लेख छ ।