४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

जस्टिन बिबरको छिट्टै सम्बन्धविच्छेद हुनसक्ने !

जस्टिन बिबरको छिट्टै सम्बन्धविच्छेद हुनसक्ने !
अ+ अ-

एजेन्सी । क्यानडाली गायक जस्टिन बिबर र उनकी श्रीमती हेलीको छिट्टै सम्बन्ध विच्छेद हुन सक्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार यी दुबैले केही समय अघि सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका थिए ।

हेलीले सम्बन्धविच्छेद पछि आफ्नो छोराको हिरासतमा राख्न चाहन्छिन् । यस्तो अवस्थामा उनले गायकसँग ३० करोड डलर अर्थात झण्डै ४१ सय करोड रुपैयाँको सम्पत्ति माग्न सक्छिन् ।

स्रोतका अनुसार हेलीले जस्टिनको लागुऔषधको बानीबाट चिन्तित भएकाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी हुन् । केही समयअघि गायकको एउटा तस्विर सार्वजनिक भएको थियो जसमा उनी बोङ प्रयोग गरेको देखिएका थिए ।

हेलीले जस्टिनसँग विवाह गर्दा गायकले विवाहपछि लागुऔषधबाट टाढा रहने वाचा गरेका थिए । तर, पछि उनले यो वाचा तोडे । जस्टिनको यस्तो व्यवहारका कारण हेलीले आफ्नो र आफ्नो बच्चाको भविष्य सुरक्षित गर्नका लागि सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी हुन् ।

केही समयअघि हलिउड गायक तथा हिप हप कलाकार सिन डिडी कम्ब्सलाई यौन उत्पीडन, यौन बेचबिखन र तस्करीको आरोपमा पक्राउ गरिएको थियो ।

यस मुद्दामा जस्टिन बिबरलाई पनि बयान दिन बोलाइएको छ । यस मामिलामा उनको नाम आएपछि जस्टिन निकै चिन्तित रहेको स्रोतले जनाएको छ । आफूमाथि लागेका कुनै पनि आरोप सत्य साबित भएमा आफ्नो करियर बर्बाद हुने उनको डर छ ।

पिपल म्यागजिनको रिपोर्टका अनुसार जस्टिन बिबरले मोडल हेली बाल्डविनसँग जुलाई ७, २०१८ मा इन्गेजमेन्ट गरेका थिए । यसैबीच, दुवै सन् २०१५ देखि सम्बन्धमा रहेको खबर आएको थियो तर २०१६ मा उनीहरुको ब्रेकअप भयो ।

तर, नोभेम्बर २०१८ मा विवाह गरेका यो जोडीले २०१९ मा परिवार र साथीहरूको लागि दक्षिण क्यालिफोर्नियामा वैवाहिक समारोह राखेका थिए ।