८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अक्सफोर्ड विश्वविद्यालयद्धारा निर्मित कोरोनाविरुद्धको खोपको परीक्षण पुनः शुरु

अक्सफोर्ड विश्वविद्यालयद्धारा निर्मित कोरोनाविरुद्धको खोपको परीक्षण पुनः शुरु
अ अ+ अ-

लन्डन । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ । खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ ९एमएचआरए० को सिफारिसमा बेलायतमा परीक्षण पुनः सुरु गरिएको अक्सफोर्डले जनाएको हो ।

खोप परीक्षणमा सहभागी एक जना महिला स्वयंसेवकमा सन्देहपूर्ण प्रतिकूल प्रतिक्रिया देखिएपछि गत मंगलबार खोपको अन्तिम क्लिनिकल परीक्षण स्थगित गरिएको थियो । यो स्थगन लम्बिन सक्ने चिन्ताबीच पुनः सुरु गरिएको हो ।

परीक्षणका क्रममा उक्त खोप विश्वभर करिब १८ हजार जनालाई दिइसकिएको छ । खोप परीक्षणमा सहभागी हजारौंमध्ये कोही बिरामी हुनु सामान्य भए पनि प्रत्येक सहभागीको सुरक्षालाई ध्यानपूर्वक मूल्यांकन गरिने अक्सफोर्डको विज्ञप्तिमा उल्लेख छ । गत साता अस्ट्राजेनेकाले ‘एउटा व्याख्या गर्न नसकिने बिमार’ का कारण अन्तिम क्लिनिकल परीक्षणमा ’नियमित’ बिराम गरिएको जनाएको थियो ।

अक्सफोर्डले ती स्वयंसेवकमा के समस्या देखिएको थियो औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर न्युयोर्क टाइम्सले ती स्वयंसेवकमा मेरुदण्डको नसा सुनिने ‘ट्रान्सभर्स मिलिटिस’ देखिएको जनाएको थियो । भाइरल संक्रमणका कारण हुने उक्त बिमारीले मानिसको मेरुदण्डमा असर पुर्‍याउन सक्ने विश्वास गरिन्छ ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले परीक्षण पुनः सुरु हुनु स्वागतयोग्य र सबैका लागि खुसीको कुरा भएको ट्वीट गरेका छन् । मन्त्री ह्यानककले खोप परीक्षण स्थगितले बेलायत सुरक्षालाई जहिल्यै पहिलो प्राथमिकतामा राख्छ भन्ने देखाएको टिप्पणी गर्दै प्रभावकारी र सुरक्षित खोज जतिसक्दो छिटो उपलब्ध गराउन आफ्ना वैज्ञानिकहरूलाई सहयोग गर्ने पनि बताएका छन् ।

उक्त खोपको अन्तिम अर्थात् तेस्रो परीक्षणको नतिजा कस्तो आउँछ भनेर संसारभरि नै निकै उत्सुकताका साथ हेरिएको छ । उक्त खोपको तेस्रो परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी झन्डै ३० हजार व्यक्ति सहभागी भइरहेका छन् ।

अक्सफोर्ड र अस्ट्राजेनेकाले तेस्रो चरणमा विश्वभर ५० हजार जनासम्म सहभागी हुने अपेक्षा गरेका छन् । यस अतिरिक्त उक्त परीक्षण जापान र रुसमा समेत विस्तार गरिने कम्पनीको भनाइ छ । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भएरनभएको जाँचिन्छ  र यो प्रक्रिया धेरै वर्ष जान सक्छ ।

संसारभरि विकास गरिँदै रहेका झन्डै दर्जन खोपमध्ये अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपप्रति सबैको भरोसा छ । ऊसँग बेलायत, अस्ट्रेलिया, अमेरिका, युरोपियन युनियनलगायतले करोडौं डोज किन्न प्रारम्भिक सम्झौता भइसकेको छ । बेलायतले विभिन्न कम्पनीसँग ३४ करोड डोज किन्ने सम्झौता गरेमध्ये अस्ट्राजेनेकासँग मात्र १० करोड लिने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा करिब १ सय ८० वटा खोप परीक्षण जारी छ । तर, अहिलेसम्म कुनैले पनि मान्यता पाएका छैनन् । बेलायतका एक जना वरिष्ठ वैज्ञानिकले ९ महिनाभित्र कोभिड खोप बेलायतमा उपलब्ध हुने आशा व्यक्त गरेका छन् । सरकारको वैज्ञानिक समूह सेजका सल्लाहकार प्राध्यापक पिटर ओपेनसअले अक्सफोर्डको खोप परीक्षण पुनः सुरु हुने खबरपछि आशाका धेरै सम्भावना रहेको टिप्पणी गरे । तर, पिटरसहित अन्य वैज्ञानिकहरूले यो जाडोयाममा आउने सम्भावना रहेको कोरोना संक्रमणको दोस्रो लहरका लागि भने खोप उपलब्ध हुन नसक्ने बताएका छन् । यो खोप विश्वका सबै देशमा सहज उपलब्ध हुन भने सम्भव नरहेको उनको धारणा छ ।

अस्ट्राजेनेका प्रमुख कार्यकारी पास्कल सोरायटले गत बिहीबार परीक्षण छिटो सुरु भए यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुतिर खोप आउन सम्भव रहेको बताएका थिए । नियामक निकायले कति चाँडो खोप अनुमोदन गर्छन्, त्यसमा पनि निर्भर रहने उनको धारणा थियो ।

कोभिडविरुद्धको खोप विकासका लागि अहिले विश्वभर प्रयास भइरहेका छन् । संयुक्त राज्य अमेरिकाले खोप बजारमा ल्याउने प्रयत्नमा अहिलेसम्म १० बिलियन डलर लगानी गरिसकेको छ । अमेरिकाले गत २१ मेमा अस्ट्राजेनेकालाई १।२ बिलियन डलर दिने घोषणा गरेको थियो । खोप सुरक्षित र प्रभावकारी भए अमेरिकाले त्योबापत कम्तीमा ३ सय मिलियन खोप लिनेछ । खोपको अनुसन्धानदेखि बजारमा उपलब्ध हुन सामान्यतः ५ देखि १० वर्ष लाग्न सक्ने भए पनि कोभिड खोप केही महिनाभित्रै ल्याउने प्रयासमा वैज्ञानिकहरू छन् ।

अहिले औषधि उत्पादक कम्पनी तथा सरकारहरू बिलियन डलर खर्चको जोखिम लिइरहेका छन् । विश्व स्वास्थ्य संगठनले यस वर्षको अन्त्यतिर खोपले मान्यता पाउने र सर्वत्र उपलब्ध हुन कम्तीमा सन् २०२१ को मध्यसम्म लाग्ने विश्वास गरेको छ । रुसले आफूले विकास गरेको ‘स्पुतिनक–५’ नामक कोभिड खोपले बिरामीमा प्रतिरोधात्मक क्षमता विकास गरेको र अक्टोबरमा जनमानसमा दिन सुरु गरिने बताएको छ । उता चीनले खोप सफलतापूर्वक विकास गरी हाल सैनिकमा उपलब्ध भइरहेको जनाएको छ । तर, ती दुवै देशले यति छिटो विकास गरेका खोपको प्रभावकारिताबारे भने जिज्ञासा उठेको छ ।

उता, खोप विकासमा अग्रपंक्तिमा रहेका अमेरिकी कम्पनी फाइजर र जर्मनी बायोएनटेकले शनिबार ४४ हजार जनालाई अन्तरदेशीय परीक्षणमा सहभागी गराउने घोषणा गरेको फाइनान्सियल टाइम्सले जनाएको छ । ती कम्पनीले ३० हजार जनाको प्रारम्भिक परीक्षण लक्ष्य आगामी साता पुग्ने बताएका छन् । अहिले मेडोर्ना, भल्नेभा, नोभाभ्याक्स, सानोफी पास्चर्स, जीएसकेजस्ता कम्पनी पनि कोभिड खोप विकासमा अग्रपंक्तिमा छन् । कान्तिपुरमा खबर छ ।