२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार नौ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य बढेको छ । शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आज प्रति तोलामा एक हजार नौ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगैँ, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य स्थिर रहि एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार नौँ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।