काठमाडौं । धान रोप्नेवेलामा युरिया मल ल्याउने सम्झौता गरेका दुई ठेकदार कम्पनीलाई कालोसुची राख्न सिफारिस गरिएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल नल्याउने शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।
सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको हो ।
यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि उनीहरुसँगको सम्झौता खारेज भएको थियो ।












