७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

क्षतिपूर्तिको कुरै छैन, छ महिनापछि ओम्नी बल्ल कालो सूचीमा !

क्षतिपूर्तिको कुरै छैन, छ महिनापछि ओम्नी बल्ल कालो सूचीमा !
अ+ अ-

काठमाडौं । कोभिड १९ महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिमा ढिलाइ गरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई कालोसूचीमा राखेको छ। ओम्नीले स्वास्थ्य सेवा विभागसँग मेडिकल सामग्रीलगायत वस्तु आपूर्ति गर्ने सम्झौता गरेको थियो। तर त्यसअनुसार सामान आपूर्ति समयमा नगरेपछि विभागकै सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालोसूचीमा राखेको हो। खरिद अनुगमन कार्यालयका अनुसार ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। विभागले चैतमा गरेको सिफारिस बल्ल अहिले आएर कार्यान्वयन भएको हो।

सरकारी काममा ढिलाइ, अनियमितता, गुणस्तरहीनलगायत काम गरी हानि–नोक्सानी पु¥याउने कुनै पनि कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ। ओम्नीले पनि कोरोना महामारीका बेला स्वास्थ्य सामग्री आपूर्तिजस्तो महŒवपूर्ण काममा ढिलाइ गरी जनस्वास्थमा गम्भीर खेलवाड गरेकाले उसलाई कालोसूचीमा राखिएको हो।  

खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले ओम्नीलाई खरिद ऐनबमोजिम एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिए। ‘अब एक वर्षसम्म ओम्नी कुनै पनि सरकारी निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन,’ सापकोटाले भने, ‘यो निर्णयपछि पनि ओम्नी कहींकतै सहभागी भएको पाइए कानुनतः त्यो अवैध हुनेछ।’ सचिव सापकोटाका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम तुलहरिसिंह मुख्य व्यक्ति भएको ओम्नीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय गरिएको हो। यो निर्णय सोमबारदेखि लागू हुनेगरी कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको छ।

स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले ओम्नीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकांश कर्मचारीले तीन वर्ष राख्न सुझाएका थिए। तर कार्यालयका पदाधिकारीले एक वर्ष मात्र कालोसूचीमा राख्ने निर्णय गरेको स्रोत बताउँछ। आइटीदेखि औषधिसम्मका ठेक्का हत्याउँदै आएको ओम्नीलाई अन्य विवादित ठेक्कामा जोगाइएको थियो। तर स्वास्थ्य सामग्री खरिदमा सम्झौताबमोजिम सामान नल्याएको विषयमा भने विभागले कालोसूचीमा राख्न सिफारिस गरेको हो।

यसका लागि जनस्तरबाट पनि दबाब आएको थियो। ओम्नीलाई कालोसूचीमा राख्न सिफारिस गरे पनि क्षतिपूर्ति भराउने विषयमा भने विभाग मौन छ। खरिद ऐनमा तोकिएको समयमा काम नगरी सरकारी निकायलाई हानि पु¥याउने कम्पनी वा व्यक्तिबाट क्षतिपूर्ति भराउने व्यवस्था पनि छ। यसमा सार्वजनिक खरिद अनुगमन कार्यालय पनि मौन छ।

औषधि उपकरण आयतका लागि वाणिज्य विभागबाट स्वीकृति नलिएको ओम्नी समूहलाई विभागले करिब एक अर्ब २५ करोड रूपैयाँबराबरका मेडिकल सामग्री खरिद गर्ने ठेक्का बिनाप्रतिस्पर्धा दिएको थियो। महामारीलाई देखाएर बिनाप्रतिस्पर्धा मेडिकल सामग्री खरिद गर्न ठेक्का दिएर करोडौं घोटाला गर्न खोजिएको थियो। एकातिर आलोचना र अर्कोतिर समयमा सामान आपूर्ति नभएपछि विभागले ठेक्का रद्द गरी ओम्नीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो। यसबीचमा ओम्नीलाई कालोसूचीमा नराख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारी लागेका थिए। त्यसैले निर्णयमा पुग्न ढिलाइ स्रोत बताउँछ। संसद्को सार्वजनिक लेखा समितिले ओम्नीलाई कालोसूचीमा राख्न ढिला गर्नुको कारण खोजेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय कालोसूचीमा राख्ने निर्णयमा पुग्न बाध्य भएको हो। यो कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत पर्छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले चैत १९ मा आयोजित पत्रकार सम्मेलनमा ओम्नीले सम्झौताबमोजिम मेडिकल सामग्री आपूर्ति गर्न नसकेकाले उसँग भएको सम्झौता रद्द गरी जमानत जफत गर्ने र कालोसूचीमा राख्ने निर्णय भएको जानकारी गराएका थिए। ओम्नीले सम्झौताअनुसार पहिलो लटमा ल्याउनुपर्ने मेडिकल सामग्रीमध्ये १० प्रतिशत मात्र ल्याएको थियो। त्यसको केही दिनपछि विभागले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्रचार गरेको थियो। तर, सत्तामा पहुँच राख्ने केही व्यक्तिहरूको ओम्नी समूहसँग मिलेमतो भएका कारण उसलाई कालोसूचीमा नराख्न चलखेल भएको थियो। स्वास्थ्य सेवा विभागले कालोसूचीमा राख्न सिफारिस गरेपछि ओम्नीले अन्य ठेक्कामा पनि असर पर्ने भएकाले यसबाट जोगिन सकेसम्म चलखेल गर्दै आएको थियो।