२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताए।

उद्योग सङ्गठन मोरङद्वारा आयोजित, ‘विराट एक्स्पो–२०२५’ को आज समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पुँजीको विकास हुनाका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राखेका छन् ।

उनले एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनातर्फ आकर्षण बढेको चर्चा गर्दै प्रदेश सरकारले उद्योग स्थापनाका लागि आवश्यक नीति, कानुनको व्यवस्था गर्नुका साथै उद्यमीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्न लागेको र यसको सफलताका लागि उद्योग सङ्घसङ्गठनहरुलाई आग्रहसमेत गरेका छन् ।

सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चितिका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन एक्स्पोबाट मद्दत पुगेको बताए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना र एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रमा बजार चलायमान गर्न एक्स्पोबाट सहयोग पुगेको बताउनुभयो । एक्स्पोमा २६८ कक्षमा स्वदेशी तथा भारत, बङ्लादेश र पाकिस्तानका उत्पादन राखिएका थिए । रासस