७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प

कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प
अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो ।उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशङ्का पैदा भएको छ । कामदार अभावका कारण निर्माण कार्य पूर्णरूपमा ठप्प भएको छ । सो उद्योगमा कार्यरत चिनियाँ कामदार फर्केपछि करिब दुई महिनादेखि निर्माण कार्य ठप्प भएको हो ।
 
बढ्दो कोरोना सङ्क्रमणको सन्त्रासका कारण प्राविधिकसहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल एक हजार कामदार कार्यरत थिए । उद्योगको काम रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् । दुई महिना अघिसम्म निक्कै चहलपहल हुने बेनिघाट रोराङ–२ ताल्दी अहिले प्रायः सुनसान बनेको छ । व्यवसायका लागि उद्योग वरिपरि स्थानीयले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत आफ्नो लगानी डुब्ने त्रासमा रहेको उद्योगले जनाएको छ ।  

कम्पनीले आफ्ना प्राविधिकसहित कामदार नेपाल आउन तयार रहे पनि कोरोनाका कारण नेपाल सरकारले विदेशी कामदार ल्याउन अनुमति दिएको छैन । कम्पनीका आयोजना विकास म्यानेजर डिल्लीराज पोख्रेलले यथासक्य छिटो चिनियाँ प्रविधिकसहितको टोली ल्याउन पहल भइरहेको जानकारी दिए। उनले चिनियाँ कामदार ल्याउनका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग आग्रहसमेत गरेका छन् ।

उनले उद्योग परिसरमा कोरोना नियन्त्रणका सबै स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिएका कारण जोखिम नरहेको बताए । उद्योगको भौतिक काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । उता बेनिघाट रोराङ गाँउपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले उद्योगको काम रोकिँदा स्थानीयले पनि रोजगारीको अवसर गुमाएको र राजस्व सङ्कलनमा समेत ठूलो असर परेकाले उद्योगको काम सुचारु गर्न आवश्यक सहजीकरण गरिदिन केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

सिमेन्ट उत्पादन तथा सिमेन्टसम्बन्धी प्रविधि विस्तारमा हुवासिन विश्वमै अग्रणी स्थानमा रहेको छ । हुवासिनले विभिन्न २५ भन्दा बढी मुलुकमा सिमेन्ट उत्पादन गर्दै आएको छ । हुवासिनले करिब चार वर्ष अघि बेनिघाट रोराङ–२ मा रहेको चुनढुङ्गा खानी रु ६० करोड तिरेर भाडामा लिएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । हुवासिनले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ । लगानी बोर्डले सहजीकरण गरेको सो उद्योग होङ्सी शिवम् पछिको ठूलो विदेशी लगानी हो । उद्योगमा रु १५ अर्ब लगानी रहेको छ । उद्योगमा चिनियाँ लगानीका अतिरिक्त नेपाली व्यवसायी सुरज वैद्यको समेत लगानी रहेको छ ।