२० माघ २०८१, आईतवार
,
Latest
एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आईतवार विश्व सिमसार दिवस मनाएको छ । सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवद्र्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताउनु भयो । उहाँले नेपालका सयौं तालतलैयाहरु सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । उहाँले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पु¥याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘सिमसारको रुपमा नेपाल अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिँदै आएको छ । नेपालको हिमाल, पहाड र तराईमा सिमसारका महत्वपूर्ण क्षेत्रहरु छन् । म आफैँ पनि मुगु जिल्ला र विशेषगरी रारा ताल सिमसार र रामसार क्षेत्रमा सूचिकृत भएको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन हामी गर्नसक्छौं । सिमसारसँग जोडिएका विभिन्न पारिस्थितिय प्रणालीहरु र सबै पक्षहरुको संरक्षण जरुरी छ । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण भुमिका खेल्ने नै छ र हामी सबै लागेर सिमसारको संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्छ । सिमसारको संरक्षण गर्न सकिएन भने विभिन्न समस्याहरु बढ्दै जान्छन् । जस्तै अहिले जलवायु परिवर्तनका कारणले जसरि समस्या सिर्जना हुँदै गएका छन् । त्यसैगरी सिमसार क्षेत्रको संरक्षणका लागि हामीले समयमै ध्यान पु¥याउन सकेनौँ भने यसबाट धेरै समस्याहरु व्यहोर्नुपर्ने समस्या छ ।’

उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।