५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनको पोस्टमा नटिङहमको सात गोल, फुलहमसँग न्युक्यासल स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङहम फरेस्टले जित निकालेको छ । गएराति भएको खेलमाा नटिङहमले ब्राइटनलाई ७–० गोलले हराएको हो ।

घरेलु टोलिलाई फराकिलो जित दिलाउन क्रिस वुडले ह्याट्रिक गरे भने मोर्गन गिब्स ह्वाइट, नेको विलियम्स र जोटा सिल्भाले एक–एक गोल गरे । ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरे ।

जितसँगै नटिङहम २४ खेलबाट ४७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने ब्राइटन ३४ अंकका साथ १० औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेड फुलहमसँग १–२ गोलले पराजित भयो । खेलको ३७ औं मिनेटमा जाकोव मुर्फीले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ६१ औं मिनेटमा राउल जिमिनेजले र ८२ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई जित दिलाए ।

यो नतिजापछि न्युक्यासल २४ खेलबाट ४१ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने फुलहम ३६ अंकका साथ नवौं स्थानमा छ ।