२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहको कीर्तिमानी गोलमा लिभरपुल विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई उसकै घरेलु मैदानमा २–० गोलले हरायो ।

लिभरपुलको जितमा दुबै गोल मोहम्मद सलाहले गरे । उनले खेलको ३० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

७५ औं मिनेटमा व्यक्तिगत तथा टोलिको लागि दोस्रो गोल गरेका सलाहले प्रिमियर लिगमा ५ सिजनमा लगातार २० गोल गर्ने कीर्तिमान समेत बनाए ।

जितसँगै शीर्षस्थानको लिभरपुलले २३ खेलबाट ५६ अंक जोडेको छ । बर्नमाउथ २४ खेलमा ४० अंकका साथ सातौं स्थानमा छ ।