२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित



अ+ अ-

काठमाडौँ । यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मान गरेको छ । नेपाली समय अनुसार सोमबार साँझ भर्चुअल रुपमा भएको कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन र प्रथम महिला जिल बाइडेनले श्रेष्ठलाई  सम्मानित गर्नुभएको हो ।

अन्तरराष्ट्रिय साहसी महिला पुरस्कारमा नेपाली अभियन्ता भूमिका श्रेष्ठ लगायत संसारभरका १२ जना साहसी लाई सम्मान गरिएको थियो । श्रेष्ठलाई एजीबीटीक्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि  अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित गरेको हो । यस अघि सन् २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले पनि अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउनु भएको थियो ।

 यसै बीच प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित हुनुभएकी श्रेष्ठलाई बधाई तथा शुभकामना दिनु भएको छ । प्रधानमन्त्री देउवाले ट्वीट मार्फत उहाँलाई बधाई दिनु भएको हो ।