७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

पहिला जनता रुँदा नसुन्ने नेता पहिरो खसेपछि घटनास्थल पुग्न किन हतारिने ?

पहिला जनता रुँदा नसुन्ने नेता पहिरो खसेपछि घटनास्थल पुग्न किन हतारिने ?
अ+ अ-

काठमाडौँ । करिब महिना दिनअघि सिन्धुपाल्चोकको लिदीमा ठूलो पहिरो गयो । एउटा गाउँ नै सखाप भयो, ४० भन्दा बढी गाउँलेको ज्यान गयो । त्यसपछि आउन थाले बाँचेका गाउँलेका कथा व्यथा । यथार्त राजधानीले त्यतिबेला जान्न पायो जतिबेला बाँचेका गाउँलेले बलिन्द्र धारा आँशु झार्दै भने– हाम्रो बस्तीमाथिको जमिनमा धाँजा फाटेको थियो, भौगर्भिक विशेषज्ञहरुले त्यहाँ बस्नु हुदैन भन्दै बस्ती अन्यत्रै सार्नु भनेका थिए । त्यसपछि हामी स्थानीयदेखि प्रदेश सरकारहुँदै केन्द्र सम्म नै पुग्यौँ, हामी कुन नेतासँग रोएनौँ र ? तर अहँ कसैले हाम्रो आवाज सुनिदिएनन् । 
 
वास्तवमा भूकम्पपछि त्यो बस्ती बडो जोखिममा रहेछ । नागरिकमात्र होइन लिदीमा पर्ने नगरपालिकाका वडा अध्यक्ष पनि रोए । उनले पनि आफ्नो पहललाई कसैले सहयोग नदिएकोले त्यत्रो गाउँ नै सार्ने क्षमता आफूसँग नभएको दुखेसो गरे । यो सुन्दा लाग्थ्यो हामी मर्दैछौँ बचाइदिनुपरो भनेर नागरिकले गरेको विलापलाई राज्यले नसुनेकै लाग्यो । 

अनि दुई दिनअघिको सिन्धुपाल्चोककाे पहिरो पीडितको हालत पनि त्यस्तै रहेछ । त्यहाँका नागरिक पनि आफ्नो गाउँ बस्ती चिरिएको र त्यहाँ बस्नु खतरापूर्ण छ भनेर भूकम्पविद्हरुले भनेको कुरा दोहोराएका छन् । उनीहरु पनि तीनै तहका सरकारको दैलो वर्षैँदेखि चाहारेका रहेछन् । सभामुख अग्नि सापकोटासँग त उनीहरु जिल्लाको आफ्नै जनप्रतिनिधिसँग पटकौँ पटक आएर सहयोगको बिन्तीभाउ गरेका रहेछन् । तर अहँ, उनीहरुको आशु कसैले पुछिदिएन, आवाज सुनिदिएन । आखिर नहुनुपर्ने त्यस्तो भवितव्य भयो र लिदीमैजस्तो विपत्तीले त्यति धेरै नागरिकको ज्यान लियो । दुई गाउँ नै बाढीले लग्यो । दर्जनौँ मानिसको ज्यान गयो, सयौँको विचल्ली भयो । 

तर बडो लाजलाग्दो त यहाँ के छ भने नागरिक जिउँदो छँदा आफ्ना घरमै आएर त्यसरी रुवाबासी गर्नेलाई नहेर्ने नेताहरु पहिरोले उनीहरुलाई नै लगेपछि भने उद्धारको नाउँमा पहिरो खस्नासाथै घटनास्थलमा जाने नाटक मञ्चन गर्दैछन् । सभामुख अग्नि सापकोटाले दुई पटक नै त्यस्तै गरे । अस्ति पछिल्लो पटक त उनी राति पहिरो खसेको भोलिपल्ट बिहानै सिन्धुपाल्चोक तिर लागे । अनि काठमाडौँका अनलाइनहरुमा ‘सभामुुख सापकोटा सडकमार्गबाटै सिन्धुपाल्चोकको पहिरोको घटनास्थलमा जाँदै’ भनेर पनि प्रचार गराए । यो समाचार कुनै राजा महाराजा या सामन्तले गराउने प्रचारको शैलीमा थियो । उनी आफ्नो निर्वाचन क्षेत्रमा जाँदा सडकमार्गबाटै गए भनेर प्रचार गराउने विषय नै होइन, यस्तो त राजामहाराजाहरुले गर्दथे । जनताका र त्यो पनि उनीहरुकै भाषामा गरिब, दुखी र तल्लो बर्गका नागरिकको उद्धारका लागि राजनीति गरिएको भनिएकाहरु गडीघोडासहित हिँड्दा पनि सडकमार्गबाट गए भनेर प्रचार गर्नुको औचित्य के हुन्छ ? अनि अर्को कुरा जनताले हामीलाई जीउ ज्यानको खतरा छ भनेर हारगुहार गर्दा नसुन्ने नेता त्यो बिचल्ली देख्न को भन्दा को चाँडो पुग्ने भन्दै बडो दौड प्रतियोगिता जस्तो किन त्यहाँ पुग्ने ?

अघिल्लो पटक उनी र सिन्धुपाल्चोकको लिदीको पहिला पुग्ने भन्ने प्रतिश्पर्धामा त्यहाँ पुगे । अहिले यसरी गाउँको यस्तो बिचल्ली भएको बेलामा उनीहरु यसरी त्यहाँ पुग्नुभन्दा त जनताले यसअघि गरेका अलाप विलापहरु सुनिदिएको भए कैयौँको ज्यान त बच्थ्यो । पहिरो त उनीहरुले रोक्न सक्ने कुरा भएन, प्राकृतिक विपद भयो तर जनताको ज्यान त जोगिनथ्यो ।