२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर



अ+ अ-

काठमाडौँ । समाजप्रतिको उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शनिवार काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा बिहान ९ बजेबाट निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो । वरिष्ठ अर्थोपेडिक शल्य चिकित्सक एवं नेपाल अर्थोपेडिक्स अस्पताल जोरपाटीका निर्देशक डा। कैलाशकुमार भण्डारीको अगुवाईमा शिविर सञ्चालन गरिएको हो ।

शिविर सञ्चालनसम्बन्धी जानकारी दिँदै निर्देशक डा.भण्डारीले फ्रण्टलाइन अस्पतालको आयोजनामा शिविर सञ्चालन गरेको यसको उद्देश्य आर्थिक अवस्था कमजोर भएकाहरुको निःशुल्क स्वास्थ्योपचार गर्नु रहेको बताउनु भयो । उहाँले समाज र राष्ट्रपति संस्था र व्यक्तिले गर्नुपर्ने दायित्व निभाउने उद्देश्यअनुरुप शिविर सञ्चालन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको स्वास्थ्य शिविर हामीले सबै विधामा मुख्यतया मैले अगुवाई गरेको र २ वर्ष पहिला स्थापनामा आएको फ्रण्टलाइन अस्पतालको प्रमुख आयोजनामा भएको हो । नोबल एकेडेमीको प्राङ्गणमा निःशुल्क वृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेका हौँ । संस्थाको राज्यप्रति आफ्नो उत्तरदायित्व प्रदान गर्ने उद्देश्यले शुरु गरेका हौँ । हामीले समाजलाई के दिन सकिन्छ भन्ने सोचेर अभियानका रुपमा लैजाँदैछौँ ।’

उहाँले निःशुल्क स्वास्थ्यशिविरसँग रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिनुभयो ।




भर्खरै