७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई

जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
अ+ अ-

सिन्धुपाल्चोक । जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–० को सेटमा पराजित गर्दै मेलम्ची–७ ले उपाधिसहित एक लाख नगद शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको आयोजकले ६५ हजारमा चित्त बुझाएको छ । त्यस्तै जुगल गाउँपालिकालाई पराजित गर्दै सृजनशिल युवा क्लब मेलम्ची–७ ले तेस्रो स्थानसहित नगद ३५ हजार र शिल्ड मेडल प्राप्त गरेको आयोजक क्लबका सुनबहादुर घलेले जानकारी दिनुभयो । बिजेतालाई प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, वडा अध्यक्ष किरणदिप खडकालगायतले पुरस्कार प्रदान गर्नुभयो । जनता माध्यमिक विद्यालय मेलम्ची–९को खेलकुद मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो ।

मेलम्ची, हेलम्बु र पाँचपोखरी शिक्षक भलिबल प्रतियोगिता तेर्से माविमा सुरु

मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकास्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको शुक्रबार मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तामाङले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले योजनावद्धरुपमा काम गरिरहेको उल्लेख गर्दै विद्यालयका अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यालयमा नृत्य प्रशिक्षक तथा खेल शिक्षकको व्यवस्थापन गर्ने कामको सुरुवात गरिएकोमा आगामी दिनमा त्यसलाई सबै विद्यालयसम्म प्रभावकारी रुपमा पुर्‍याउने गरी काम भइरहेको बताउनुभयो ।

विद्यालय प्राङ्गणमा सञ्चालित प्रतियोगितामा पहिलो दिन लिग चरणमा खेल सञ्चालन भएका छन् । पहिलो चरणको सुरुको खेलमा आयोजक तेर्से माविले थाङ्पाल भ्यालीलाई पराजित गर्दै विजेता बन्न सफल भएको छ भने हेलम्बु मोडेल स्कूलले इन्द्रेश्वरी माविलाई, ज्योतिभञ्ज्याङ् आविले बतासे माविलाई, जाल्पादेवी मावि जैसिगाउँले सिन्धुपुरानागाउँ माविलाई, बालसुधार माविले धौलेश्वरी आविलाई र चण्डिका माविले सर्वोदय माविलाई पराजित गर्दै बिजेता बन्न सफल भएका छन् । लिग चरणका बाँकी खेलसहित शनिबार क्वाटरफाइनलका खेल हुने आयोजकले जानकारी दिएको छ । रासस