१३ श्रावण २०८३, बुधबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि उच्च अदालत पोखरामा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् ।

रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर थुनामुक्त भएका रवि धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उच्च अदालत पुगेका हुन् । उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए ।

काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध पनि रविले पुनरावेदन गर्ने तयारी रहेको बताइएको छ । ती अदालतहरूले दिएको आदेशमा पनि रवि सन्तुष्ट छैनन् । रविसँग काठमाडौंले ६० लाख रुपैयाँ र रुपन्देहीले १ करोड धरौटी मागेको थियो ।

सहकारीमा प्रत्यक्ष रूपमा संलग्न नभएको व्यक्तिलाई यत्रो रकम धरौटी मागिनु न्यायसंगत नरहेको रविका कानून व्यवसायीहरुको भनाई छ ।