२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः लेस्टरसँग हार्यो टोटेनहम, युनाइटेडको संघर्षपूर्ण जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पराजय ब्यहोरेको छ । गएराति भएको खेलमा टोटेनहम घरेलु मैदानमै लेस्टर सिटीसँग १–२ गोलले पराजित भएको हो ।

खेलमा सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो । ३३ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए । तर, ४६ औं मिनेटमा जेमी भर्डी र ५० औं मिनेटमा विलाल एल खान्नोउसले गोल गर्दै लेस्टरलाई जित दिलाए ।

टोटेनहमको यो लगाता चौंथो हार हो । टोटेनहम २३ खेलबाट २४ अंकका साथ तालिकाको १५ औं स्थानमा छ भने लेस्टर १७ अंकका साथ १७ औं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले फुलहमलाई १–० गोलले हरायो । युनाइटेडको जितमा एकमात्र निर्णायक गोल लिसान्ड्रो मार्टिनेजले गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजापछि फुलहम २३ खेलबाट ३३ अंकका साथ तालिकाको १० औं स्थानमा छ भने युनाइटेड २९ अंकका साथ १२ औं स्थानमा छ ।