८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दोलखाको पहिरो प्रभाबित क्षेत्रमा मन्त्री पार्बत गुरुङ, राहत सामग्री वितरण

दोलखाको पहिरो प्रभाबित क्षेत्रमा मन्त्री पार्बत गुरुङ, राहत सामग्री वितरण
अ अ+ अ-

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गर्नु भएको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहित शुक्रबार पहिरो प्रभावित क्षेत्रमा पुग्नु भएका मन्त्री गुरुङले पीडितलाई अत्यावश्यक खाद्यन्न, त्रिपाल लगायतका राहत सामग्री वितरण गर्नु भएको हो । गत भाद्र २२ गते बिहान लापिलाङस्थित रानीवन भीर भत्किएर काँडाबारी बस्तीका ९ वटाघर पूर्ण रुपमा तथा ३२ घर आंशिक रुपमा क्षतिहुँदा २६ घर परिवार पूर्ण रुपमा विस्थापित हुन पुगेका थिए भने २ सय ४७ घर परिवार प्रभावित भएको थिए ।

मन्त्री गुरुङले पहिरोले बिचल्लीमा परेका पीडितसँग भेट गरी उनीहरुलाई राहत वितरण गर्नु भएको हो । त्यस अवसरमा बोल्दै उहाँले पीडितहरुको जिम्मा राज्यले लिने बताउनु भयो । ‘तीनवटै तहका सरकार मिलेर पीडितलाई थप राहतको व्यवस्था गरिनेछ,’मन्त्री गुरुङले भन्नु भयो, ‘जोखिममा परेको त्यहाँको बस्ती स्थानान्तरणका लागि तत्काल पहल गरिनेछ ।’ उहाँले विपत्तिको यो बेला पीडितका लागि राज्य छ भन्ने अनुभूति दिलाउने गरी आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्त्री गुरुङले स्थानीय सरकार र प्रदेश सरकारलाई पीडितका लागि राहतको आवश्यक व्यवस्था मिलाउन पनिआग्रह गर्नु भयो । 


पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौंलागाईले पनि पीडितका लागि आवश्यक राहतको व्यवस्था गर्न पहलगर्ने बताउनु भएको थियो । मन्त्री गुरुङसँगै पूर्वमन्त्री पोखरेल, सांसद चौंलागाईँ, जिल्ला समन्वय समितिका प्रमुख डबलपाण्डे, तामाकोशी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटी लगायतले पनि पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको थियो ।

कालिञ्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामी, उपप्रमुखक कालिका शिवाकोटीले पीडितको अवस्थाबारे जानकारी गराउँदै उनीहरुको राहत तथा दीर्घकालीन बसोबासको उचित व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो । यस अघिमन्त्री गुरुङले गौरीशंकर गाउँपालिकाका विभिन्न वडामा गएको पहिरो प्रभावित क्षेत्रको पनिअवलोकन गरी पीडितलाई राहत तथा उद्धारका लागि आवश्यक व्यवस्था मिलाउनु भएको थियो ।