५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जनालाई नइ पुरस्कार



अ+ अ-

काठमाडौँ: नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँच जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

साढे छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत पाल्पाका श्री कृष्णप्रसाद वस्याललाई साठी हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ समर्पण गरिने भएको छ ।

‘नइ कीर्ति विवेचना’नामक कृतिमार्फत नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि साहित्यकार श्री ठाकुर शर्मा भण्डारीलाई ‘नइ कपिल शोध पुरस्कार’ समर्पण गरिने भएको छ ।

काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनको संवर्धनमा समर्पित हुँदै शिक्षा सेवामा समेत योगदान पुर्याउनु हुने झापाका श्री धनकुटे कान्छालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ समर्पण गरिने भएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको हित, मर्यादा र सङ्गठनमा क्रियाशील र समर्पित रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदान पुर्याउने पोखराकी तेस्रो लिङ्गी श्री रजनी थकालीलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी तीनओटा पुरस्कारका राशि जनही पचासपचास हजार रुपियाँ रहेका छन् ।

थाइल्यान्डमा सम्पन्न विश्वका चवालीस राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस हेरिटेज पेटाइट युनिभर्सबाट सर्वोत्कृष्ट घोषित भई नेपालको प्रतिष्ठा बढाए बापत झापाकी सुश्री मनीषा राजबंशीलाई पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।