१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ: महेश बर्तौला



अ+ अ-

मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न र युवाहरुलाई रोजगारी अवसर दिनुपर्ने बताएका छन् ।

हेटौँडामा शनिबार पत्रकारहरुसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएका गौरवको आयोजनालाई अलपत्र पार्न खोज्नु अस्वाभाविक भएको बताए । हेटौंडा मयूरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जले विभिन्न प्रावधान लगाएर रोक्न खोजेको भन्दै उनले यस्तो कार्य तत्काल बन्द गर्न आह्वान गरे ।

मयूरधाप औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने र नयाँ उद्योग कलखारखाना स्थापना गरी रोजगारीका अवसरहरु सृजनाको वातावरण बनाउन सक्रिय हुनुपर्नेमा उनले जोड दिए।

विसं २०७२ मा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकारसमेत पाएर अघि बढेको सो आयोजनाको काम अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो । रासस




भर्खरै