३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

अखिल क्रान्तिकारीको मतगणना आजै हुने

अखिल क्रान्तिकारीको मतगणना आजै हुने
अ+ अ-

काठमाडौं। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

२३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसक्दा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि आज मतदान भएको हो । अहिले कुन प्रदेशमा कति मत खस्यो भन्नेबारे संकलन भइरहेको प्रमुख मुक्ति प्रधानले जानकारी दिए ।

पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय, सदस्य, केन्द्रीय निकायका छुट्टा छुट्टै मतपत्र रहेकाले सबै मत सङ्कलन भएपछि मत परिणाम सार्वजनिक तयारी रहेको प्रधानले बताए ।

उनका अनुसार प्रत्येक प्रदेशमा मतगणना हुनेछ । २३९८ मतदाता रहेकोको करिब ५५ देखि ६० मत खसेको अनुमान गरिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूको लागि निर्वाचन भएको हो ।

अध्यक्ष पदका लागि चार जना मैदानमा छन्। चारै जनालाई माओवादीको केन्द्रीय पदाधिकारी तहका छुट्टाछुट्टै नेताहरुको समर्थन छ।अध्यक्षका उम्मेदवार उपदेश यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, विजयप्रकाश सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल उपमहासचिव वर्षमान पुन र हेमन्त राई उपमहासचिव जनार्दन शर्मानिकटका हुन्।