४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न

पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
अ+ अ-

काठमाडौँ: पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

त्यसअवसरमा मन्त्री पाण्डेले पर्यटक प्रहरीलाई सघाउने विविध सङ्घसंस्था एवं व्यक्तिलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

पर्यटकको सुरक्षाका साथै उनीहरुका समस्या समाधान र गुनासा सम्बोधनमा पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाको सराहना गर्दै पर्यटन प्रवद्र्धनका निम्ति यस क्षेत्रमा आबद्ध सबैले आ–आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले पर्यटकहरूको सुरक्षा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा त्यसका लागि सरोकारवाला सबै निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेकामा जोड दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीका पूर्वअध्यक्ष शिव अधिकारी, पर्यटन विभागका महानिर्देशक नारायण प्रसाद रेग्मीले विदेशी मुद्रा आर्जनको प्रमुख माध्यम पर्यटन उद्योगको विकासका निम्ति सरकारी एवं गैरसरकारीस्तरबाट निरन्तर प्रयास भइरहेको र त्यसलाई अझ सशक्त बनाउन यस क्षेत्रमा आबद्ध सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस