८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा
अ अ+ अ-

डोटी । जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ । यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका–२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए। उनले भन, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?”

जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको तथा सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय हरि विकले बताए । उनले भने, “ग्यास कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सरकारले तोकेकै मूल्यमा दिनुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखाएका छैनन् ।” ग्यास विक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारीसम्म लिने नगरेको स्थानीय उपभोक्ताको गुनासो छ ।

दिपायल पिपल्लामा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले रु एक हजार ३१३.७५ मा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जोडेर ग्यास बेच्ने गरेको बताए । उनले भने, “कम्पनीले लोड, अनलोड तथा भ्याटको रकम नजोडेर बिल पठाएको हुन्छ, पछि उक्त रकम अलग बिलमा जोडेर दिएको हुन्छ, अनि हामीले उक्त रकम जोड्दा बढी आउने भएकाले बढी रकम लिएका हौँ, गलत मूल्य लिएका छैनौँ ।” डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको डिलर व्यापारी खड्काले स्वीकार गरे। 

त्यस्तै पिपल्लामा रहेका ग्यास बिक्री गर्ने सबडिलर अवस्थी तथा बोहरा पसलमा सोही ग्यासको रु एक हजार ६०० पर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ । कैलालीका ग्यास डिलरबाट ग्यास ल्याउने गरेका कारण भाडालगायत लोड, अनलोड तथा पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालकहरुले स्वीकार गरेका छन् । जिल्लामा खुलेआमरूपमा यसरी ग्यासको मूल्य पसलैपच्छिे फरक पाउने गरेको छ ।

उता डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारवाही गरिने बताए । उनले भने, “ग्यासमा सरकारले तोकेको रकमभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन, यसरी पसलैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारवाही गछर्नैँ ।” जिल्लाका कुनकुन पसल तथा व्यापारीले यसरी बढी मूल्य लिएर ग्यास बिक्री गर्ने गरेका छन् सो विषयमा अनुगमनसहित जानकारी लिन र कारवाही गर्नका लागि आफूले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए ।