८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिँदै हिमालय एअरलाइन्स्

सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिँदै हिमालय एअरलाइन्स्
अ अ+ अ-

काठमाडौ । चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपाल (सिइएन) सँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पहलका लागि हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूको नि:शुल्क स्वास्थ्य परीक्षण आयोजना गरेका ेछ । १६ औँ चिनिया टोलीले बालबालिकाहरूको शारीरिक अवस्था तथा आवश्यकताहरु ध्यानमा राखी वरिष्ठ चिकित्सकहरुद्घारा माया र ममताका साथ विभिन्न जाँचहरु, स्वास्थ्य शिक्षा तथा गतिबिधिहरु संचालन गरेको एअरलाइन्स्ले जनाएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालले बालबालिकाका लागि एक वर्षको आपूर्तिसँगै दैनिक अत्यावश्यक किराना, खाजा र अन्य अत्यावश्यक सामग्रीको लागि रु ६ लाखको चेक हस्तान्तरण गरेको हो ।

२०१७ देखी प्रयास नेपाल तथा अन्य अनाथालयहरूलाई सहयोग गर्दे हिमालय एअरलाइन्स् सिइएन सदस्यहरुमध्य एक उत्कृष्ट उदाहरण बनेको छ । कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले भन्नुभयो, “हामीले गर्ने सबै कुरा सानो योगदान हुन सक्छ तर यी बालबालिकाको निर्दोष मुस्कान र दृढताले हामीलाई अनन्त शक्ति प्रदान गर्दछ । बालबालिकाहरू खुसी तथा स्वस्थ रुपमा हुर्किएको देख्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो ।

२००३ मा स्थापना भएदेखि प्रयास नेपाल विशुद्ध रूपमा अनाथ बालबालिकाहरूको जीवन सुधार गर्न प्रतिबद्ध भई गैर–नाफामुखी र गैर–सरकारी संस्थाको रूपमा रहेको छ । हाल, अनाथालयले १८ बालबालिकाको हेरचाह गर्दे आएकोछ । उनीहरूलाई न्यानो आश्रय, गुणस्तरीय शिक्षा र विचारशील मनोवैज्ञानिक सहयोग प्रदान गर्दै, बच्चाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी व्यक्तित्व विकास गर्न र सामाजिक र स्वतन्त्र जीवनको भविष्यको लागि राम्रोसँग तयार पार्न जीवन सीप प्रशिक्षण प्रदान गर्दे आएकोछ ।

यसप्रकारका परोपकारी क्लिनिक तथा सहयोगी गतिविधिहरूले अनाथालयका बालबालिकाहरूलाई सहायता मात्र ल्याएनन् तर दुई देश बीचको मित्रतामा न्यानो र उज्यालो रंग थपेर पूर्ण रूपमा चिनियाँ कम्पनीहरूको नेपाल प्रति जिम्मेवारी र अपार स्नेहलाई व्यक्त गरेको छ ।