२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिँदै हिमालय एअरलाइन्स्



अ+ अ-

काठमाडौ । चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपाल (सिइएन) सँगको सहकार्यमा सामाजिक उत्तरदायित्व पहलका लागि हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाहरूको नि:शुल्क स्वास्थ्य परीक्षण आयोजना गरेका ेछ । १६ औँ चिनिया टोलीले बालबालिकाहरूको शारीरिक अवस्था तथा आवश्यकताहरु ध्यानमा राखी वरिष्ठ चिकित्सकहरुद्घारा माया र ममताका साथ विभिन्न जाँचहरु, स्वास्थ्य शिक्षा तथा गतिबिधिहरु संचालन गरेको एअरलाइन्स्ले जनाएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल चाइनिज इन्टरप्राइजेज एसोसिएसन अफ नेपालले बालबालिकाका लागि एक वर्षको आपूर्तिसँगै दैनिक अत्यावश्यक किराना, खाजा र अन्य अत्यावश्यक सामग्रीको लागि रु ६ लाखको चेक हस्तान्तरण गरेको हो ।

२०१७ देखी प्रयास नेपाल तथा अन्य अनाथालयहरूलाई सहयोग गर्दे हिमालय एअरलाइन्स् सिइएन सदस्यहरुमध्य एक उत्कृष्ट उदाहरण बनेको छ । कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एनयोङले भन्नुभयो, “हामीले गर्ने सबै कुरा सानो योगदान हुन सक्छ तर यी बालबालिकाको निर्दोष मुस्कान र दृढताले हामीलाई अनन्त शक्ति प्रदान गर्दछ । बालबालिकाहरू खुसी तथा स्वस्थ रुपमा हुर्किएको देख्न पाउनु नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो ।

२००३ मा स्थापना भएदेखि प्रयास नेपाल विशुद्ध रूपमा अनाथ बालबालिकाहरूको जीवन सुधार गर्न प्रतिबद्ध भई गैर–नाफामुखी र गैर–सरकारी संस्थाको रूपमा रहेको छ । हाल, अनाथालयले १८ बालबालिकाको हेरचाह गर्दे आएकोछ । उनीहरूलाई न्यानो आश्रय, गुणस्तरीय शिक्षा र विचारशील मनोवैज्ञानिक सहयोग प्रदान गर्दै, बच्चाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी व्यक्तित्व विकास गर्न र सामाजिक र स्वतन्त्र जीवनको भविष्यको लागि राम्रोसँग तयार पार्न जीवन सीप प्रशिक्षण प्रदान गर्दे आएकोछ ।

यसप्रकारका परोपकारी क्लिनिक तथा सहयोगी गतिविधिहरूले अनाथालयका बालबालिकाहरूलाई सहायता मात्र ल्याएनन् तर दुई देश बीचको मित्रतामा न्यानो र उज्यालो रंग थपेर पूर्ण रूपमा चिनियाँ कम्पनीहरूको नेपाल प्रति जिम्मेवारी र अपार स्नेहलाई व्यक्त गरेको छ ।