९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने



अ+ अ-

काठमाडौं। माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ ।

नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ ।गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको यो लोकप्रियतासँगै चलचित्रको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ ।

यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर्ससँगको सहकार्यमा रिलिज गर्दैछ । अस्ट्रेलिया र न्यूजिल्यान्डमा गिरीश इभेन्ट एन्ड इन्टरटेनमेन्ट र इस्सा भाइव इभेन्टले रिलिज गर्दैछन् भने जापानमा सचिन आचार्यले विभिन्न कम्पनीहरूको सहकार्यमा रिलिज गर्दैछन् । जापान र अमेरिका रिलिजको लागि चलचित्रका अभिनेता प्रदिप खड्का आफैँ जाने भएका छन् ।

नेपाल रिलिज पछि उनी त्यसतर्फ लाग्नेछन् । मध्यपूर्वका देशहरूमा पनि रिलिजको तयारीको अन्तिम चरणमा रहेको निर्माता थमन कुमार भण्डारीले बताए । यसैबीच, ‘एक्टर: टेक वन’को ट्रेलरले नेपाली चलचित्र उद्योगमा ऐतिहासिक सफलता हात पारेको छ । ट्रेलर सार्वजनिक भएको पाँच दिनभित्र नै यसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । सम्भवतः नेपाली चलचित्रको ट्रेलरमध्ये सबैभन्दा छिटो ३ मिलियन भ्युज पाउने यो नै पहिलो हो ।

ट्रेलर हेरेका दर्शकहरूबाट चलचित्रको कथा, प्रस्तुति, र अभिनेता/अभिनेत्रीहरूको अभिनयप्रति अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । यो चलचित्रले ओभरसिज बजारमा पनि नेपाली चलचित्रको बजारलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।