२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह



अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् ।

पूर्वप्रधानमन्त्री दाहालले दुर्घटनामा परी निधन भएका परिवार र घाइतेको उपचारमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति तत्काल अभिभावकीय भूमिका पूरा गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले दुर्घटनामा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन भएको र अरू थुप्रै घाइते भएको खबरले स्तब्ध बनाएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले उक्त दुर्घटनामा सात नेपालीसहित १२ जनाको मृत्यु भएको जनाएको छ ।