४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै

सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै
अ+ अ-

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गको ब्रेक थ्रु गर्ने कार्यक्रम छ । यसअघि माघ २ गते नै सुरुङ ब्रेक थ्रु गर्ने भनिएकोमा प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको हो ।

ब्रेक थ्रु कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी हुने कार्यक्रम छ ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधीन १ हजार १२६ मिटरको सिद्धबाबा सुरुङ मार्ग एक वर्षमा ‘ब्रेक थ्रु’को अवस्थामा ल्याइएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब एक दशमलव ५ मिटर मात्र बाँकी राखेको छ । एघार सय सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको छ ।

जसमध्ये ‘ब्रेक थ्रु’का लागि १ दशमलव ५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ । दक्षिणतर्फ ६०८ मिटर र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । आज बाँकी १.५ मिटर भाग ब्लास्ट गरिनेछ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ ।

बाइपास एक १५१ मिटर, दुई १६१ मिटर, र तीन १३० मिटर टनेल रहेको छ ।

हालसम्म सुरुङ मार्गको भौतिक र वित्तीय प्रगति ४० प्रतिशत भएको छ । अहिले टनेलको ढलान र लाइटिङको काम भइरहेको आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्गको दोभानदेखि चिडिया खोलासम्म चार किमि अत्यधिक पहिरो आउने क्षेत्रभित्र पर्छ  । यस खण्डलाई ‘मृत्युमार्ग’ का रूपमा समेत परिचय दिन थालेपछि सरकारले सुरुङ मार्गको अध्ययन गरेर बजेट व्यवस्था गरेको थियो ।

सिद्धबाबा सुरुङका लागि २०७७ साल मंसिर १ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । २०७८ साल जेठ ९ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको छ । यसको निर्माणपछि सोही कम्पनीले ५ वर्षसम्म मर्मतको कामसमेत गर्ने सर्त रहेको छ ।

सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको थियो । सीएससीईसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङ मार्गको चाइना कम्पनीले ठेक्का पाएको हो । नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्गको काम गरिरहेको छ ।

नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलाइ गर्दा आलोचना खेपेको कम्पनीले ठेक्का सम्झौताअनुसार दुई वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइनेछ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइनेछ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सीधै तल झार्नेछ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ ।

आजै रुपन्देही र कपिलवस्तु जोड्ने मुख्य राजमार्ग स्तरोन्नतिको शिलान्यास गरिने भएको छ । प्रधानमन्त्री ओलीले बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक खण्डको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको हो ।

प्रधानमन्त्री सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सेलिब्रेसन गर्न आउँदा त्यही मौकामा सडकको औपचारिक शिलान्यास कार्यक्रम राखिएको हो ।