४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल सोलुखुम्बु शाखाको अध्यक्षमा गार्डेन राई निर्वाचित हुनुभएको छ ।

सोलुको सल्लेरीमा बिहीबार सम्पन्न संगठनको छैटौँ जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा प्रविन राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा पुष्प श्रेष्ठ निर्वाचित हुनुभएको छ भने सहसचिवहरूमा भविराज खालिङ र जुनिसा राई सर्वसम्मत हुनुभएको छ ।

कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
अध्यक्षले सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सर्वसम्मत निर्वाचित गरेको छ । सदस्यहरूमा क्रमशः शर्मिला पुरी, पवित्रा राई, राजीव शर्मा, यमुना मगर र सुवास बम्जन तामाङ निर्वाचित हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधिमा डिल्ली शर्मा निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा पशी शेर्पा चुनिनु भएको छ ।

अधिवेशन प्रेस चौतारी नेपाल सोलुखुम्बुका अध्यक्ष डिल्ली शर्माको अध्यक्षता तथा केन्द्रिय सदस्य नूतन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि, राजनीतिक दलका नेताहरू लगायतका सहभागिता रहेको थियो ।