१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन, समपूरक अनुदान अधिकतम सीमामा कटौती



अ+ अ-

काठमाडौँ । सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गरेको छ ।

बिहीवार राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै स्थानीय तह र प्रदेशमा सेवाको गुणस्तर वृद्धि गर्नेगरी कार्यविधि संशोधन गरिएको जानकारी दिएको हो ।

योजना आयोगले समपूरक र विशेष अनुदान सम्बन्धि कार्यविधिमा संशोधन गर्दै स्थानीय र प्रदेशमा जाने अनुदान सिमा कटौती गरेको छ । समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्दै सरकारले समपूरक अनुदानमा कार्यान्वयन हुने आयोजना स्थानीय र प्रदे सरकारले प्रश्ताव गर्नसक्ने अधिकतम सीमा कटौती गरेको छ । सरकारले पुरानो कार्यविधि खारेज गरी ल्याइएको नयाँ कार्यविधिले अधिकतम लागतको सीमा घटाएको छ । समपूरक अनुदानका लागि गाउँपालिका/नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना/कार्यक्रमको कुल लागत १ करोडदेखि १० करोड रुपैयाँसम्म रहेकोमा कार्यविधि संशोधन पश्चात १ करोडदेखि ७ करोडको सीमा तोकिएको छ । उपमहागरपालिका र महानगरबाट कार्यान्वयन गरिने आयोजना कार्यक्रमको कुल लागत ५ करोडदेखि २५ करोडसम्म रहेकोमा घटाएर ३ करोडदेखि १५ करोडसम्मका आयोजनामा प्रश्ताव गर्न सकिने व्यवस्था गरेको छ । प्रदेश सरकारका हकमा २० करोडदेखि १ अर्ब रुपैयाँसम्म लागतका आयोजना प्रश्ताव गर्न सकिने व्यवस्था परिमार्जन गरी अब १० करोडदेखि ३० अर्ब रुपैयाँसम्मका आयोजनामा मात्र समपूरक अनुदान माग्न सकिने कार्यविधि बनेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले समपूरक र विशेष अनुदान विभेदकारी रहेकाले अर्थ मन्त्रालयको समन्वयमा परिवर्तन गरेको बताउनु भयो । उहाँले विशेष अनुदान सम्बन्धी पुरानो कार्यविधि संविधान र कानुनको मर्मअनुसार नभएकाले विशेष किसिमिका आवश्यकता रहेका स्थानीय तह र प्रदेशमा सेवाको गुणस्तर वृद्धि गर्ने गरी कार्यविधि संशोधन गरिएको बताउनु भयो । उहाँले विशेष अनुदान पूर्वाधार निर्माण र गोष्ठी, सेमिनारमा प्रयोग हुन नदिन ध्यान दिइएको बताउनु भयो । उहाँले समपूरक अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्दा स्थानीय तहबीच न्यापूर्ण विनियोजन र स्थानीय तहहरूको स्वायत्तता प्रत्याभुत हुने कुरालाई विशेष ध्यान दिइएको बताउनु भयो । उहाँले स्थानीय सरकारले ५० प्रतिशत व्यहोर्नुपर्ने र संघीय सरकारले ५० प्रतिशत व्यहोर्नुपर्ने प्रावधान पालिकाहरुको अवस्था सबैको आर्थिक,सामाजिक हिसावले समान नभएको बताउनु भयो । उहाँले आयोगले २० वटा सूचाङ्कका आधारमा सीमा तोकेको बताउनु भयो । उहाँले ७५३ स्थानीय तहको सूचकांक निर्माण गर्दा शुन्यको नजिकदेखि २९ सम्म रहेकाले आन्तरिक स्रोत परिचालन गर्ने क्षमता र सम्भावनामा स्थानीय सरकारहरू बीचको असमानतालाई कम गर्न कार्यविधि संशोधन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ समपूरक र विशेष अनुदान कार्यान्वयनको विषयमा कार्यविधि परिर्माजन गरेको छ । जुन अर्थ मन्त्रालयको समन्वयमा परिवर्तन गरेको हो । प्रदेश वा स्थानीय सरकारले ५० प्रतिशत व्यहोर्नुपर्ने र संघीय सरकारले ५० प्रतिशत व्यहोर्नुपर्ने प्रावधान थियो । यसरी हेर्दा पालिकाहरुको अवस्था सबैको आर्थिक,सामाजिक हिसाबले समान छैन । तर समान हिसावमा हेरियो । त्यसले असमानता बढायो । समान रुपमा हेर्दा न्यायोचित हुँदैन भन्ने लाग्यो । अहिले आयोगले २० वटा इन्डिकेटरहरुका आधारमा सीमा तोकेका छौं । जुन भोलिका दिनमा तत्काल स्थानीय तहको राजश्व संकलन कति छ र भविष्यमा कति हुने हो । लगायत धेरै सूचकहरुको आधारमा सिमा निर्धारण गरेका छौं । आयोगले पालिकाहरुको नम्बरिङ गरियो र त्यहाँबाट ७५३ स्थानीय तहको सूचकांक निर्माण गर्दा शुन्यको नजिकदेखि २९ सम्म रहेको देखिन्छ । यस सम्भावित आन्तरिक राजश्व परिचालन सूचकाङ्कले आन्तरिक स्रोत परिचालन गर्ने क्षमता र सम्भावनामा स्थानीय सरकारहरू बिचको असमानतालाई उजागर गर्दछ । प्रत्येक स्थानीय तहको स्थानीय सरकार आन्तरिक राजश्व सम्भावित सूचकाङ्क तयार गरी सानोदेखि ठूलो आकारको सूचकांक हुनेगरी क्रमवद्ध गरियो । यसरि क्रमवद्ध गरेपछि तथ्यांकीय विधिवाट सातवटा परिवर्तित बिन्दुहरू पत्ता लगाइयो । संघीय सरकारले ८० प्रतिशत योगदान दिनेछ । दोस्रो बलियो तहमा रहेका स्थानीय तहको हकमा संघले ३० प्रतिशत र स्थानीय तहले ७० प्रतिशत व्यहोर्नुपर्ने तोकिएको छ । वित्तीय संघीयतालाई विशेष ध्यान दिएका छौं । पालिकाहरु क्रमशः स्रोत व्यवस्थापनका हिसावले आत्मनिभर हुँदै जाने हो । जुन पालिकाहरुको ८० प्रतिशत स्रोत देखियो । उसलाई २० प्रतिशत केन्द्र सरकारले दिने भनेको स्थानीय तह वित्तीय हिसाबमा बलियो भएको हो ।’

नयाँ कार्यविधिले एक प्रदेशले बढीमा १० र एक स्थानीय तहले बढीमा तीन वटासम्म आयोजना÷कार्यक्रम प्रश्ताव गर्नसक्ने समेत सीमा तोकिएको छ । सरकारले अब आन्तरिक राजश्व संकलन, समृद्धिको अवस्था, उद्योगधन्दा एकाग्रतासहित राजश्व परिचालन सूचकांकका आधारमा स्थानीय तहको वर्गीकरण गरेको छ । सबैभन्दा कमजोर तहले भने २० प्रतिशत मात्र योगदान गरे पुग्नेछ । संघीय सरकारले ८० प्रतिशत योगदान दिनेछ । दोस्रो बलियो तहमा रहेका स्थानीय तहको हकमा संघले ३० प्रतिशत र स्थानीय तहले ७० प्रतिशत व्यहोर्नुपर्ने तोकिएको छ । यसरी सात तहमा स्थानीय तहलाई वर्गीकरण गरी हिस्सा निर्धारण गरिएको छ । आयोगले नेपालले सन् २०२४ मा दिगो विकास लक्ष्यमा ४१।७ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिएको छ । दिगो विकास लक्ष्य हाँसिलमा ग्लोवल एभरेज भन्दा नेपाल बढी रहेको छ । दिगो विकास लक्ष्यमा नेपाल दक्षिण एशियामै सबैभन्दा अगाडि रहेको आयोगले जनाएको छ ।