८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

महामारीका कमजोर कमाण्डर !

महामारीका कमजोर कमाण्डर !
अ अ+ अ-

 

काठमाडौं । सरासर हुँदा देशमा महारीको प्रकोपका समयमा त्यसको रोकथाम र नियन्त्रणको नेतृत्व गर्ने मुलुकको स्वास्थ्य मन्त्रालयले हो । अझै त्यो महामारीको आयतन धेरै छ र त्यसको रोकथाम तथा नियन्त्रणमा सुरक्षा निकायकै खाँचो महसुश हुन्छ भने त्यसमा गृह मन्त्रालयको सहयोग अनिवार्य हुन्छ जसले स्वास्थ्य सुरक्षाका विभिन्न मोडलहरु अपनाउनुपर्ने हुन्छ र महामारीको नियन्त्रणमा खटिने स्वास्थ्य र उसका यससँग सम्बन्धी अवयवहरु जस्तो औषधि, चिकत्सा पद्दति, नियम पालना आदिमा सुरक्षाको टोको अत्यावश्यक रहन्छ । त्यसमा गृहको भूमिका अहम हुन्छ । संसारमा भएको पनि यही छ । जस्तो कि दोस्रो वेभ आएको बेलायतले पनि पछिल्लो समयमा प्रहरीकै सहारा लिएको छ र बेलायती हुल्लडबाजहरु जो सरकारी नियममा सरासर हिँड्दैनन् र उल्लंघन गर्छन् तिनलाई हजारौँ हजार डलर तिराउन प्रहरी परिचालन गरेको छ ।

तर हामीकहाँ त्यस्तो भएन । यहाँ कहीँ नभएको जात्रा हाँडीगाउँमा हुने गरेकै हो र त्यो उखानले यस सरकारका झन् ठूलो लोकप्रियता हासिल गरेको छ । संसारमा चलेका यी माथिका दुई बाहेक हामीकहाँ कतै नचलेको अर्काे मोडलको प्रयोग भयो– महामारीको कमाण्डर इन चिफको जिम्मेवारी रक्षा मन्त्रालयले लिएर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल खटाइए यसका कमाण्डरमा । जसको र्याङ्को ठ्याङ् कतै पनि मिलेको छैन र आज देशमा महामारीको पारो झर्ला भन्दा झन् चढ्दैछ । उनको नेतृत्वको उच्चस्तरीय समितिको असक्षमता र असमाञ्जस्यताका कारण महामारी नियन्त्रणको काम प्रभावकारी रुपमा हुन सकिरहेको छैन ।

लडाई लड्नेले जान्दछ, बुझ्दछ लडाई जित्नका लागि बलियो कमाण्डर चाहिन्छ । उसको दक्षता पनि त्यसमा हुनुपर्छ । तर यो सिद्धान्तबाट हेर्दा उनीसँग न बलमा र नत सैद्धान्तिक रुपमै बलिया छन् । सैद्धान्तिक रुपमा यस समय बलियो हुने भनेको देशको रक्षा या गृह मन्त्रालय हो । अनि व्यवहारिकताको कसीमा राखेर हेर्दा पनि महामारीमा रक्षा मन्त्रालयलको भूमिका अघि आइसकेको अवस्था होइन । फेरि नेपालमा सेना नै फ्रन्ट लाइनमा आएर महामारीको नेतृत्व गरिसकेको अवस्था पनि छैन । अर्कातर्फ उनले जुन मन्त्रालयलको नेतृत्व गरिरहेका छन् त्यो मन्त्रालयको मुख्य अंग सेना नै अहिले उनका क्रियाकलापबाट खुश छैन । यतिखेर नेपाली सेनाका प्रमुखले सबै कुराको जाहेरी रक्षामन्त्रीलाई होइन, सीधै प्रधानमन्त्रीलाई गर्ने गर्दछन् । अर्कातर्फ उनीसँग स्वास्थ्य मन्त्रालयका उच्चपदस्थ अधिकारी र यहाँका प्राविधिक, चिकित्सक पनि खुश छ्रैनन्, हुने कुरा पनि भएन । किनभने महामारी नियन्त्रण गर्न नसकेको अपजस स्वास्थ्यले व्यहोरिरहँदा स्वास्थ्यले नै आफ्नो योजना र कार्यक्रम अनुसार काम गर्न पाएको छैन । उनीहरुले एउटा योजना बनाउँछन् उता उच्चस्तरीय समन्वय समितिको निर्णय अर्कै भइदिन्छ । औषधि खरिदको काम स्वास्थ्य मन्त्रालयको हो । तर यो उनीहरुको आधारभूत अधिकारको काम पनि उनीहरुले गर्न पाएनन्, रक्षामन्त्री नै हावी भए । स्वास्थ्यका कर्मचारी मात्र फसे, कागजले उनीहरुलाई फसायो तर मुनाफाको बिलो लाउनेमा इश्वर पोखरेल नै हावी भए ।

अर्कातर्फ उनले औषधि खरिद गर्ने क्रममा ओम्नी होस् या अर्काे कुनैमा पनि उनका कारण नेपाली सेनाले बदनाम हुनुपरेको महसुश गरेको छ । पाँच वर्षअघि देशमा गएको महाभूकम्पका समयमा दिलो ज्यान लगाएर उद्धार तथा नेपाली जनताको ज्यान जोगाउने काममा खटेर वाहवाही पाएको नेपाली सेना देशमा यतिखेरको महामारीमा भने औषधि खरिदजस्तो संवेदनशिल विषयमा भ्रष्टाचारमा संलग्न भएको आरोप खेप्नुपर्यो । सार्वजनिक रुपमा नै मुलुकको सेनाप्रति उठेका यी समग्र प्रश्नहरुको मुख्य कारण रक्षामन्त्री नै भएको सेनाको पछिल्लो निष्कर्ष छ । यसकारण पनि पोखरेल एक कमजोर कमाण्डर हुन् कि रक्षा मन्त्रालयको मुख्य अंग नेपाली सेनाले नै उनीप्रति विश्वास गर्न छोडेको छ ।

पोखरेलले महामारीको बेलामा लिनसक्ने र मिल्ने वैधानिक अवैधानिक कुनै पनि फाइदा लिनबाट पछि हटेका छैनन् । अरु त अरु विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि पहल लिनुपर्ने पर्यटन मन्त्रालयलाई पनि उनले निजी फाइदा लिने मामिलामा पछि पारिदिएका छन् । विदेशबाट आफ्नो देशका जहाजहरु प्रयोग गरेर नेपाली नागरिकलाई ल्याउने काम पर्यटन मन्त्रालयको हो । यो काम पनि उनैले गरेका छन् । यहाँसम्म कि फलानो देशबाट यतिजना प्यासेन्जर ल्याइने भएकोले आवश्यक व्यवस्था मिलाउनु भन्ने खालको निर्देशात्मक बोधार्थ रक्षामन्त्रीले उच्चस्तरीय समन्वय समितिको नाममा पर्यटनलाई पठाउने गरेका छन् । यसकारण पनि पर्यटनका सचिव तथा कर्मचारीहरुले राम्रोसँग समन्वय गरेर काम गरेका छैनन् । यसको मारमा महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरु नै परेका छन् ।

पर्यटनमन्त्री त उपप्रधानमन्त्रीको छायाँमा पर्ने नै भए बोल्न सकेका छैनन् । जबकी यो उद्धारसम्बन्धी समन्वय समितिमा उनी पनि सदस्य नै छन् । तर मन्त्री भट्टराईले पनि इश्वर पोखरेलको बोधार्थ नै कुरेर बस्ने गरेकोले पर्यटनका सचिवले काम गर्न नमानेको गुनासो मन्त्रालयबाटै आउने गरेका छन् । कमाण्डर निस्वार्थी, लोभलाचमा नपर्ने र आफ्नो पक्षको युद्ध जित्नका लागि आफ्ना लडाकूहरुलाई पनि आत्मबल बढाउन सक्ने हुनुपर्छ । तर यो महामारीका कमाण्डर यस्तो संवेदनशिल बेलामा पनि औषधिदेखि दश रुपैयाँको मास्कमै र्याल चुहाए । जुन कुरा फाटेको जालले छेकेपनि हरेक नेपालीले छर्लङ्गै देखेका छन् । भ्रष्टाचारमा डुबेका कमाण्डरसँग नैतिक बल हुने कुरा पनि भएन । कमाण्डरको आधाआधी बल हतियारको जत्तिकै नैतिकता र इमान्दारीको पनि हुन्छ, हुनुपर्छ । तर न हतियार, न आत्मबल र नत नैतिक बल नै बाँकी रहेपछि यी कमाण्डरबाट युद्ध जितिने त कुरै भएन । आखिर उनका यी सारा कमजोरी र लापरबाहीको मारमा नेपाली जनता परेका छन् । त्यसैले दिनहुँ नेपालीहरु महामारीको घानमा परेका छन् ।