९ माघ २०८१, बुधबार
,
Latest
पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती आगामी भदौ २०,२१ र २२ मा विधान महाधिवेशन गर्ने एमालेको निर्णय कालिका नगर अस्पताललाई आवश्यक सहयोग हुन्छ : स्वास्थ्यमन्त्री पौडेल अनाधिकृत फिजियोथेरापी सेवा रोक्न फिजियोथेरापी सङ्घको आग्रह पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन नीति, विधि र पद्दतिलाई आत्मसात गरेर खटिन महानिरीक्षक अर्यालको निर्देशन पूर्ण विद्युतीकरण घोषणाको तयारीमा मधेस प्रदेश “डब्ल्यूएचओबाट अमेरिकी फिर्ता निर्णय खेदजनक”
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा पाँच अङ्कको झिनो सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । परिसूचक पाँच दशमलव ०८ अङ्कले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा रु छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बीमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बीमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रु २३ करोड ७६ लाख ३५ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।